गृहपृष्ठ खबर दाङमा एम्बुलेन्स दुर्घटना, एक दिनको नवजात शिशु सहित ११ जना घाइते

दाङमा एम्बुलेन्स दुर्घटना, एक दिनको नवजात शिशु सहित ११ जना घाइते

दाङमा एम्बुलेन्स दुर्घटना हुँदा एक दिनको नवजात शिशु सहित ११ जना घाइते भएका छन् । सुत्केरी लिएर नेपालगञ्जबाट पश्चिम दाङको हंसपुरका लागि छुटेको भे १ च १५९९ नम्बरको एम्बुलेन्स तुलसीपुर हापुरे–सुर्खेत सडकखण्डको कुमालगडीमा दुर्घटना हुँदा घाइते भएका सबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

घुम्तीमा एम्बुलेन्सको स्टेरिङ फेल हुँदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

सम्बन्धित् समाचार