गृहपृष्ठ खबर बाँकेको कोहलपुरबाट ४ किलो अफिमसहित एक जना पक्राउ

बाँकेको कोहलपुरबाट ४ किलो अफिमसहित एक जना पक्राउ

बाँकेको कोहलपुरबाट प्रहरीले अफिमसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले कोहलपुर नगरपालिका(११ गोलपार्कमा रहेको एलबी गेस्ट हाउसबाट जाजरकोट घर भइ कोहलपुर २ आनन्दनगरमा बस्दै आएका भबिलाल पुनमगरलाई अफिमसहित शुक्रबार दिउँसो पक्राउ गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण ब्युरो शाखाबाट खटिएको प्रहरी टोलीले एलबी गेस्ट हाउसमा छापा मार्दा मगरलाई चार किलो १७४ ग्राम अफिमसहित पक्राउ गरेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी ओमबहादुर रानाले जानकारी दिनुभयो ।

गेस्ट हाउसमा अफिमको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मगरलाई पक्राउ गरेको हो ।

सम्बन्धित् समाचार