काठमाडौँ ।ललितपुरको गोदावरी नगरपालिकाका कार्यकारी प्रमुख कृष्ण प्रसाद जैसी डेढ लाख घुससहित रङ्गेहात पक्राउ परेका छन् ।
आफ्नै कार्यकक्षमा सेवाग्राहीबाट रकम लिइरहेको अवस्थामा जैसीलाई अख्तियार दूरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको हो । जैसीले यस अघि पनि ढुङ्गा खानी, क्रसर उद्योगलगाएत जग्गा प्लटिङबाट कमिस लिने गरेको आरोप लाग्दै आएको छ ।







