गृहपृष्ठ खबर कपिलवस्तुमा ६ वर्षीय बालिका जवरजस्तीकरणी गरी फरार भएका एक युवक पक्राऊ ।।

कपिलवस्तुमा ६ वर्षीय बालिका जवरजस्तीकरणी गरी फरार भएका एक युवक पक्राऊ ।।

प्रकाशित मिति:

६ वर्षीय बालिकालाई जवरजस्तीकरणी गरी फरार भएका कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ का एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ । गएको साउन एक गते ६ वर्षिय वालिका नाम परिवर्तित मुनालाई जवरजस्तीकरणी गरी फरार भएका १९ वर्षीय विमल भनिने प्रदिप भट्टराईलाई प्रहरीले सोमवार राती पक्राउ गरेको हो ।

गांउमा लुकीछिपी हिडिरहेको अवश्थामा उनलाई प्रक्राउ गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । अभियुतm भट्टराईलाइ जिल्ला अदालत कपिलवस्तुवाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ । पिडीत बालिकाका परिवारले प्रहरीमा जवरजस्तीकरणीको आरोपमा किटानी जाहेरी दिएपछि फरार रहेका युवकलाई प्रहरीले पक्राऊ गरेको हो ।

सम्बन्धित् समाचार