गृहपृष्ठ खबर १ सय ५० थपिए कोरोना संक्रमित,कहाँ-कति थपिए ? (हालसम्मको विवरणसहित)

१ सय ५० थपिए कोरोना संक्रमित,कहाँ-कति थपिए ? (हालसम्मको विवरणसहित)

प्रकाशित मिति:

काठमाडौं – मंगलबार नेपालमा १ सय ५० जना कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको छ । प्राप्त जानकारी अनुसार अहिले देशभरीका विभिन्न आईसोलेसनमा ५ हजार ४ सय ७७ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा १ सय ८, प्रदेश नम्बर २ मा १ हजार ९ सय १३, बागमती प्रदेशमा ४ सय २१ र गण्डकी प्रदेशमा ३ सय ८० जना संक्रमित उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ७०, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ९२ जना संक्रमित उपचाररत रहेका छन् ।

हाल देशभरका क्वारेन्टाईनमा २१ हजार ७ सय ४ जना रहेका छन् ।

‘रियल टाईम’ पीसीआर विधिबाट बितेको २४ घण्टामा ३ हजार ९ सय ६३ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म ३ लाख २३ हजार ८ सय ३५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट ६ सय ९ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।
नेपालमा हिजो (सोमवार) १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार दुई महिनायताकै कम संक्रमित देखिएकोमा फेरी संक्रमितको संख्या बढीरहेको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना संक्रमणको जोखिम कम भएका कारण सरकारले भदौ १ गतेबाट हवाई उडान सुचारु गर्ने निर्णय नगरेको बताएका छन् । हवाई माध्यमबाट हुने व्यापार व्यवसायको असरलाई ध्यानमा राख्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सुचारु भएको उनको भनाई छ । नियमित उडान बन्द भएकाले स्वदेशबाट विदेश जान तथा विदेशबाट फर्किन समस्या भएकाले त्यसको सहजिकरणका लागि सरकारले हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको बताए। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट हवाई उडान खुल्ला गर्ने निर्णय गरेको थियो ।

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा मंगलवार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको स्वाब परीक्षणमा काठमाडौंका ८ र स्टार अस्पताल ललितपुरमा गरिएको स्वाब परीक्षणमा ललितपुरका एक जनामा गरि जम्मा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

कहाँ कति थपिए संक्रमित ?

बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा : झापाका २ जना, सर्लाहीका १ जना र उदयपुरका ८ जना

कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परिक्षणमा : इलामका २ जना र सप्तरीका १ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाल विराटनगरमा गरिएको परिक्षणमा : मोरङका ३ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परिक्षणमा : धनुषाका २९ जना र महोत्तरीका १३ जना

नारायणी अस्पताल विरगञ्ज गरिएको परिक्षणमा : पर्साका २ जना

भरतपुर अस्पताल प्रयोगशाला चितवनमा गरिएको परिक्षणमा : चितवनका ४ जना

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परिक्षणमा : मकवानपुरका ५ जना

धुलिखेल अस्पताल धुलिखेल प्रयोगशालामा गरिएको परिक्षणमा : काभ्रेपलाञ्चोकका १ जना र रामेछापका २ जना

पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परिक्षणमा : सर्लाहीका १ जना

त्रिबि विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा : चितवनका १ जना, कैलालीका १ जना, काठमाडौंका ८ जना, महोत्तरीका १ जना, नुवाकोटका १ जना र सर्लाहीका १ जना

स्टार अस्पताल प्रयोगशाला सनेपामा गरिएको परिक्षणमा : ललितपुरका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा प्रयोगशालामा गरिएको परिक्षणमा : गोरखाका ३ जना

प्रादेशिक क्षयरोगकेन्द्र प्रयोगशाला पोखरामा गरिएको परिक्षणमा : म्यादीका ३ जना, स्याङजाका ३ जना र बाग्लुङका ३ जना

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा : नवलपरासीका १ जना

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परिक्षणमा : बाँकेका ३ जना र दाङका ३ जना

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा : दैलेखका १ जना र सल्यानका १ जना

‘रियल टाइम पिसिआर’ प्रयोगशाला दैलेखमा गरिएको परिक्षणमा : दैलेखका ९ जना

चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परिक्षणमा : सल्यानका १ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा गरिएको परिक्षणमा : डोटीका ४ जना

सेती अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परिक्षणमा : कैलालीका ३ जना, बझाङका ४ जना र कञ्चनपुरका २० जना

यस्तो छ हालसम्म कोरोना मुक्त हुनेहरुको प्रादेशीक विवरण :

नेपालमा बितेको २४ घण्टामा थप ६ सय ९ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

यससँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । जुन कुल संक्रमितको अनुपातमा ६९ दशमलव ३४ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । सबैभन्दा धेरै प्रदेश नं ५ बाट ३ हजार ८ सय १८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । भने सबैभन्दा कम वाग्मती प्रदेशबाट ४ सय ५२ जना कोरोना मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए ।

कुन प्रदेशमा कति भए कोरोना मुक्त ?

प्रदेश नं १ मा : ७ सय ५२ जना

प्रदेश नं २ मा : २ हजार ७ सय ६६ जना

वाग्मती प्रदेशमा : ४ सय ५२ जना

गण्डकी प्रदेशमा : १ हजार २० जना

प्रदेश नं ५ मा : ३ हजार ८ सय १८ जना

कर्णाली प्रदेशमा : १ हजार ५ सय ४० जना

सुदूरपश्चिम प्रदेशमा : २ हजार १ सय २९ जना

हाल नेपालमा कहाँ कति छन् ‘एक्टिभ केस’

नेपालमा बितेको २४ घण्टामा थप १५० जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ९९४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालको अवस्थामा नेपालभर ‘एक्टिभ केस’ अर्थात् उपचाररत संक्रमितको संख्या ५ हजार ४ सय ७७ जना रहेको छ ।

उनीहरुमध्ये प्रदेश नम्बर १ मा १०८ जना, प्रदेश २ मा १९१३ जना, बाग्मती प्रदेशमा ४२१ जना, गण्डकी प्रदेशमा ३८० जना, प्रदेश ५ मा ३७० जना, कर्णाली प्रदेशमा २९३ जना र सुदूरपश्चिम प्रदेशमा १९९२ जना रहेका छन् ।

हालसम्म कुन प्रदेशमा कति जनामा कोरोना पुष्टि भयो ?

प्रदेश नं १ मा : ८ सय ६० जना

प्रदेश नं २ मा : ४ हजार ६ सय ८५ जना

वाग्मती प्रदेशमा : ८ सय ८२ जना

गण्डकी प्रदेशमा : १ हजार ४ सय ५ जना

प्रदेश नं ५ मा : ४ हजार १ सय ९८ जना

कर्णाली प्रदेशमा : १ हजार ८ सय ३७ जना

सुदूरपश्चिम प्रदेशमा : ४ हजार १ सय २७ जना

५०० भन्दा बढी संक्रमित उपचाररत भएका ३ जिल्ला :
रौतहट
कैलाली
बाजुरा

कहाँ कति मृत्यु ?
प्रदेश १ मा : शुन्य मृत्यु
प्रदेश २ मा : ६ जनाको मृत्यु
बाग्मती प्रदेशमा : ९ जनाको मृत्यु
गण्डकी प्रदेशमा : ५ जनाको मृत्यु
प्रदेश ५ मा : १० जनाको मृत्यु
कर्णाली प्रदेशमा : ४ जनाको मृत्यु
र, सुदूरपश्चिम प्रदेशमा : ६ जनाको मृत्यु

कोरोना संक्रमण मुक्त भए यी ७ जिल्ला :

नेपालका ७ जिल्ला कोरोना संक्रमणबाट मुक्त भएको छ । संक्रमणमुक्त हुनेमा भोजपुर, पाँचथर, धनकुटा, सखुवासभा, रसुवा मनाङ र मुस्ताङ रहेका छन् ।

सम्बन्धित् समाचार