रोट्र्याक्ट क्लव अफ कपिलवस्तु मिड टाउन वर्ष २०२० ।०२१ का अध्यक्ष बेदुराम पोख्रेलले पदभार ग्रहण गरेका छन् । शुक्रबार बाणगंगा ४ मा रहेको पीस हिमालय रिसोर्टमा भएको क्लवको तेश्रो पद हस्तान्तरण तथा इन्स्टलेसन कार्यक्रमबाट बर्ष २०१९ । २० का अध्यक्ष गणेश कार्कीले अध्यक्ष पोख्रेललाई पदभार सुम्पिएका हुन् ।

अध्यक्ष पदको सपथ ग्रहण गरेसंगै रोट्र्याक्ट अध्यक्ष पोख्रेलले चार नम्बरमा बन्न लागेको रोटरी भवनको निर्माण कार्यलाई सम्पन्न गर्न विशेष भूमिका खेल्ने साथै आफ्नो कार्यकालमा नगरमा शिक्षा, स्वास्थ्य र मानवीय क्षेत्रमा महत्वपूर्ण काम हुने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रमको अवसरमा निवर्तमान अध्यक्ष कार्कीले आफूले बर्षभरी गरेका कामको प्रगति विवरण र कोषध्यक्ष सुसान्त पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सोही कार्यक्रमका बीच रोट्र्याक्टले प्रकाशन गरेको भित्ते पात्रोको पनि विमोचन भएको छ । कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्याल, विशिष्ट अतिथि एडिएस लक्ष्मण खरेल, जेड आर आर दिनेश गैरे, रोटरीका चार्टर प्रेसिडेन्ट लक्ष्मण अधिकारी, वर्तमान अध्यक्ष नरेश पौडेल, रोट्र्याक्टका चार्टर प्रेसिडेन्ट माधव पौडेलले लगायतले भीत्ते पात्रोको विमोचन गरेका थिए ।








