गृहपृष्ठ खबर कपिलवस्तुमा मास्क नलगाई हिँड्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी

कपिलवस्तुमा मास्क नलगाई हिँड्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी

मास्क नलगाई हिडनेलाई कपिलवस्तु प्रशासनले कारबाही गर्ने चेतावनी दिएको छ । सेवा प्रदायक निकाय र संस्थाले समेत सुरक्षाको न्युनतम मापदण्ड पालना नगरेको भन्दै प्रशासनले सुचना जारी गरी चिन्ता ब्यक्त गरेको हो । कोरोना नियन्त्रण, रोकथाम र प्रतिकार्य सम्बन्धमा निश्चित सर्त र मापदण्डका आधारमा केही सेवा र कार्यहरु खुला र सहजीकरण गरिए पनि सामाजिक दुरी कायम नभएको, मास्क नलगाई हिँड्ने र अनावश्यक भीडभाड गर्ने गरिएको प्रति प्रशासनले सबैलाई सचेत हुन आग्रह गरेको छ ।

यस्तो कार्यले कोरोनाको जोखिम झन् बढदै गएकाले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य पालना गर्न प्रशासनले अपील गरेको छ । घर बाहिर निस्कदा अनिवार्य मास्क लगाएर हिड्न आग्रह गर्दै सामाजिक दुरी कायम गर्न, मास्क लगाई हिँड्न र अनावश्यक भीडभाड नगर्न आग्रह गरेको हो ।

यदि नियम पालना भएको नदेखिएमा प्रशासनले संक्रमण ऐन २०२० अनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

सम्बन्धित् समाचार