नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष खोम बहादुर सिहं(शक्ति) ठकुरीले लकडाउनको समयको भाडामा छुट दिएका छन । मनकारी अध्यक्ष ठकुरीले करिव ८० हजार बराबरको रकम भाडामा छुट दिएका हुन । उनले शैक्षिक सस्था(इन्ष्टिच्युट), होटेल ब्यवसायी र ब्युटी पार्लरलाई भाडा छुट दिएका हुन् ।
लकडाउका कारण आम नागरिक नै समस्यामा परेको बेलामा आफुले सक्दो सहयोग आफनो ठाउबाट गर्नु पर्ने महशुस गरेकाले भाडामा छुट दिएको उनले बताए । १ महिनाको भए पनि भाडामा छुट पाउदा ती ब्यवसायीहरु खुशी भएका छन








