गृहपृष्ठ खबर कपिलवस्तुको तौलिहवामा राम जन्मभुमि शिलान्यासको अवसरमा दिप प्रज्वलन

कपिलवस्तुको तौलिहवामा राम जन्मभुमि शिलान्यासको अवसरमा दिप प्रज्वलन

जिल्लाको सदरमुकाम तौलिहवामा राम जन्मभुमि शिलान्यासको अवसरमा दिप प्रज्वलन गरिएको छ । कपिलबस्तुको सदरमुकाम तौलिहवा, कृष्णनगर, पकडी, चकरचौडा लगायतको क्षेत्रमा विभिन्न किसिमको कार्यक्रम गरी खुशियाली मनाइएको छ । तौलिहवामा राष्ट्रिय हिन्दु परिषद नेपालको अगुवाईमा नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि दिप प्रज्वलन गरेको हो ।

सो कार्यक्रममा राष्ट्रिय हिन्दु परिषद नेपाल जिल्ला कार्य समिति कपिलबस्तका अध्यक्ष विरेन्द्र चौधरीको अगुवाईमा भाएको कार्यक्रममा, राष्ट्रिय कार्यकारी अध्यक्ष बलराम तिवारी, राष्ट्रिय प्रभारी मनोज शुक्ल, राष्ट्रिय बजरंग दलका अध्यक्ष कमलेश त्रिपाठी, बशिष्ठ तिवारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार