गृहपृष्ठ खबर जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुद्धारा लकडाउन उलंघन गर्ने सवारी साधन नियन्त्रणमा

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुद्धारा लकडाउन उलंघन गर्ने सवारी साधन नियन्त्रणमा

कपिलवस्तु जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिन सुरू भए लगत्तै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज शुक्रबार देखि साउन महिला सम्म सार्वजनिक यातायातका सवारी साधन पूर्ण रूपमा बन्द गर्ने र निजी सवारी साधनहरु जोर नम्बरका आधारमा चलाउन भनेर सुचना जारी गरेको छ । उक्त सूचना जारी गरे लग्ततै आजै देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु ले उक्त नियम उलंघन गर्ने सवारी साधन लाई नियन्त्रणमा लिएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तुले बताएको छ।

कोरोना भाइरस रोकथाम नियन्त्रणका लागी जारी गरिएको लकडाउनमा लापरवाहीका साथ सार्वजनिक सवारी साधन चलाएका तथा निजी सवारी साधन (आटो, बस, कार) लगायत अन्य जिल्ला भित्र एक ठांउबाट अर्को ठांउमा जादा जोर बिजोर नम्बरको पालना नगरेको र लकडाउन लाई पूर्ण रूपमा पाल्ना गराउन सवारी साधन नियन्त्रणमा लिई कार्वाही गर्ने साथै सार्वजनिक सवारी साधनमा यात्री हरू बोकि हिडेको र यात्रु लाई गन्तव्यमा पठाइएको र ति सवारी साधन लाई कानून अनुसार कार्वाही गरि पठाइने जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु प्रमुख ट्राफिक प्रहरी निरिक्षक टक्कर स्वॉरले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार