कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः २ पिपरामा रहेको ईलाका प्रहरी कार्यालयले बेवारिसे अवस्थामा भेटायो धान गुरुकुललाई हस्तान्त्रण गरेको छ । सरोकारवालाहरु सहभागितामा प्रहरी ६४ बोरा धान सोही वडाको मनकामना सस्कृत बिद्यापिठ नन्दनगर गुरुकुललाई हस्तान्त्रण गरेको हो ।

२०७६ साल कात्तिक २१ गते बाणगंगाको देउवापारबाट बेवारिसे अवस्थामा भेटीएको उतm धानको हकदावि गर्न कोही नआएपछि यस्तो निर्णय र सहमति भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख आयुष जोशीले बताए ।
मनकामना सस्कृत बिद्यापिठ गुरुकुलका ब्यवस्थापन समितिका अध्यक्ष रविराज ज्ञवाली, त्यस्तै दयाराम पौडेललाई नगरका उप प्रमुख चक्र अर्याल, वडा नः २ का वडा अध्यक्ष, समाजसेवि सञ्चारकर्मीको रोहबरमका उतm धान हस्त्रान्त्र गरिएको हो ।








