गृहपृष्ठ खबर दुई दिनदेखि बेपत्ता कान्तिपुरका पत्रकार बानियाँको शव फेला

दुई दिनदेखि बेपत्ता कान्तिपुरका पत्रकार बानियाँको शव फेला

प्रकाशित मिति:

काठमाडौं, साउन २८ : दुई दिनदेखि सम्पर्कविहीन भएका कान्तिपुर दैनिकका सहायक–सम्पादक बलराम बानियाँको शव भेटिएको छ। महानगरीय अपराध महाशाखाका अनुसार बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित वागमती किनारमा फेला परेको हो।

उनको शव अहिले हेटौंडा अस्पतालमा राखिएको छ।
सोमबार दिउँसोदेखि सम्पर्कविहीन भएका बानियाँ पछिल्लोपटक राजधानीको बल्खुचोकमा सोमबार चार बजे देखापरेको प्रहरीले जनाएको छ।

बानियाँ पछिल्लो एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए।

सम्बन्धित् समाचार