कपिलवस्तुको बाणगंगा नगरपालिकाले १८७ जनाको स्वाब सकंलन गरेको छ ।
नगर भित्रका समुदाय, स्वास्थ्य कर्मी सहित १८७ जनाको नगरपालिकाले स्वाब सकंलन गरेको हो ।
नगरपालिका भित्रका नगर स्वास्थ्य कर्मी, बिभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, ब्यवसायी र समुदायका गरी १८७ जनाको स्वाब सकंलन गरिएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वैखरी अनलाइनलाई बताए ।
नगरभित्र समुदायमा कोरोना देखिएपछि नगरपालिकाले पिसिआर सकंलनलाई तिव्रता दिएको नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बताए । यसलाई निरन्तरता दिने बताउदै अर्यालले सबै नगरबासिलाई कोरोना नियन्त्रणका लागी सचेत भई लाग्न अनुरोध समेत गरेका छन ।








