गृहपृष्ठ खबर बुटवलमा सोमबार ५ जना थपिएसंगै कोरोना संक्रमितको संख्या १६५ पुग्यो

बुटवलमा सोमबार ५ जना थपिएसंगै कोरोना संक्रमितको संख्या १६५ पुग्यो

बुटवलमा सोमबार थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार बुटवल उपमहानगरपालिकाको वडा नं १ मा ३ जना, ४ मा १ जना र ११ मा १ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा छन्। उनीहरुमध्ये २ जना महिला र ३ जना पुरुष हुन्।

योसँगै बुटवलमा संक्रमितको संख्या १६५ पुगेको छ। जसमध्ये १११ जना पुरुष र ५४ जना महिला हुन्।

सम्बन्धित् समाचार