गृहपृष्ठ खबर बुटवलको अवस्था थप भयावह बन्ने खतरा, फेरी थपिए १५ कोरोना संक्रमित

बुटवलको अवस्था थप भयावह बन्ने खतरा, फेरी थपिए १५ कोरोना संक्रमित

प्रकाशित मिति:

रुपन्देहीमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोमबार साँझ ५ बजेसम्म ४ महिला र ११ पुरुष गरी १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोटअनुसार ५ पालिकाका १५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

संक्रमण भएका मध्ये बुटवलका ८, तिलोत्तमाका ३, सिद्धार्थनगरका १, मायादेवीका १ र देवदहका २ जना रहेका छन्। तर, बुटवल उपमहानगरपालिकाले भने आजको तथ्यांकमा ५ जनामात्रै संक्रमित रहेको बताएको छ।

उपमहानगरपालिका र स्वास्थ्य कार्यालयको तथ्यांकमा केहीदिनअघि देखि फरक देखिदै आएको छ। बुटवल उपमहानगरपालिकाले आफुले कन्ट्याक्ट ट्रेसिङका क्रममा स्वाब लिएकाहरुको मात्रै तथ्यांक संकलन गर्दा यस्तो फरक देखिएको हो। बुटवलमा आफै परीक्षण गराउन जानेहरुको तथ्यांक बुटवल उपमहानगरले राखेको छैन।

आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय ६७ पुगेको छ भने मृतकको संख्या ६ पुगेको छ। जिल्लामा ३४५ जना निको भएर फर्किसकेका छन्, ३१७ जना उपचाररत छन्।

सम्बन्धित् समाचार