कपिलवस्तु जिल्लाको बाणगंगामा समुदायमा कोरोना देखिएपछि थप सचेत रहन बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले आग्रह गरेका छन ।
नगरपालिका भित्र समुदायका १३ जनामा कोरोना देखिएकाले थप सचेत रहन उनले आग्रह गरेका हुन ।
कोरोना नियन्त्रणका लागी नगरपालिकाले स्वाब संकलन कार्यलाई तिब्रता दिएको बताउदै अर्यालले आम नागरिक पनि सचेत भएर सामाजिक दुरी कायम राखेमा कोरोना जित्न सकिने उनले वैखरी अनलाइनलाई बताए ।
अतिआवश्यक बाहेक बाहिर नहिड्न समेत उनले आग्रह गरेका छन ।








