
खाद्य तथा तरकारी व्यवसाय गर्दै आएका व्यापारीले अहिले पनि सामान्य स्वास्थ्य मापदण्ड नै पूरा नगरी व्यापार गर्ने गरेको पाइएको छ । सरकारले व्यापार व्यवसाय गर्दा अनिवार्य रूपमा कोभिड–१९ संक्रमणलाई फैलिन नदिइने कोभिड–१९ सँग सम्बन्धित मापदण्ड अपनाएर मात्र व्यापार सञ्चालन गर्न निर्देशन दिएको थियो । तर, व्यापारीले भने सरकारको निर्देशनलाई पालना गरेका छैनन् ।
मंगलबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीसहितको टोलीको अनुगमनमा अधिकांश व्यापारीले कोभिड–१९ सँग सम्बन्धित सामान्य स्वास्थ्य मापदण्डबिना नै मनपरी खाद्य वस्तु तथा तरकारी बिक्रीवितरण गरेको पाइएको हो ।
विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी, निर्देशक सागर मिश्र र रवीन्द्र आचार्य तथा अनुसन्धान अधिकृत ध्रुव खनालसहितको टोलीले मध्यपुर ठिमीस्थित अन्नपूर्ण बहुमुखी सहकारी संस्थाले सञ्चालन गरेका पसल, हरित सामुदायिक कृषि बजार तीनकुने, जडीबुटीलगायतका तरकारी पसलमा अनुगमन गरेको थियो । सो टोलीले १४ वटा थोक पसल र खुद्रा तरकारी पसलमा अनुगमन गरेको हो ।
अहिले निषेधाज्ञाका कारण ९ बजेसम्म मात्रै व्यापार गर्न मिल्छ । त्यसकारण व्यापारीले बिग्रेको तरकारीको घाटा मूल्यमै जोड्ने गरेको देखिएको छ ।
विभागमा महानिर्देशक सुवेदीले अनुसार १४ वटै पसलेका व्यापारीले कोभिड–१९ सँग सम्बन्धित सामान्य स्वास्थ्यका मापदण्ड पूरा नै नगरी व्यवसाय सञ्चालन गर्ने गरेको पाइएको बताए । उनले १४ वटा पसलमध्ये १२ वटा तरकारी पसल र एक-एक किराना र मसला पसल रहेको बताए । सबै पसलका व्यापारीलाई कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य मापदण्ड पूरा गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको महानिर्देशन सुवेदीले बताए । यसैगरी, उनले अनुगमनमा केही व्यापारीले पसल वा व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको पाइपछि दुई महिनाभित्र पसल दर्ता गरेर सञ्चालन गर्न निर्देशन दिएको बताए ।
महानिर्देशक सुवेदीले महामारीको जोखिम मोल्दै व्यापारीले सेवा दिइरहेका कारणले केही महँगो मूल्यमा हरियो तरकारी बिक्री गर्ने गरेको पाइएको बताए । महानिर्देशक सुवेदीले भने, ‘अहिले निषेधाज्ञाका कारण ९ बजेसम्म मात्रै व्यापार गर्न मिल्छ । त्यसकारण व्यापारीले बिग्रेको तरकारीको घाटा मूल्यमै जोड्ने गरेको देखिएको छ ।
उनले भने,‘अहिले गोलभेंडाको उत्पादन नै कम भएको हुँदा महँगो भएको छ,’ ‘किसान वा किसानको समूहसँग तरकारी लिई थोक बजारसम्म पु-याउने ढुवानी कर्ता केही १-२ सम्म तह हुनेगरेको तर त्यो तहको पहिचान नरहेकाले सो सम्बन्धमा संवाद गरी नियमन गर्नुपर्ने देखिन्छ । थोक तरकारी बजार र खुद्रा तरकारी बजारबीचको मूल्य अन्तर सम्बन्धमा थप अध्ययन र निगरानी गर्नुपर्नेछ । उनले भने,‘विभागले अवलम्बन गर्ने रणनीति बजारको तह र मूल्य निर्धारण मापदण्डसमेत तयारीको क्रममा छ








