गृहपृष्ठ खबर खाना खाँदा गरिने गल्तिहरु जसले स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ

खाना खाँदा गरिने गल्तिहरु जसले स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ

प्रकाशित मिति:

कतिपय सामान्य आनीबानीले पनि हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको हुन्छ । जस्तो कि, खाना खाने शैली, नुहाउने तरिका, हिँड्ने, सुत्ने, बस्ने ।

सामान्यतः के भनिन्छ भने स्वस्थ्य जीवनको लागि स्वस्थ्य दिनचर्या पालना गर्नुपर्छ । यसमा कस्तो खाने भन्ने मात्र होइन, कसरी खाने भन्ने कुराले समेत अर्थ राख्छ । कहाँ हिँड्ने भन्ने कुरा मात्र होइन, कसरी हिँड्ने भनने कुराले अर्थ राख्छ । कतिबेला सुत्ने भन्ने कुरा मात्र होइन, कसरी सुत्ने भन्ने कुराले पनि अर्थ राख्छ । स्वस्थ्य दिनचर्याका लागि उचित आहार, बिहार र बिचार महत्वपूर्ण हुन्छ । यससँगै खाने तरिका, सुत्ने तरिका, बस्ने तरिका पनि सहि हुनुपर्छ ।

खाना खादा के गर्नु हुन्छ र के गर्नु हुदैन ?

१.खाना खाँदा बोल्नु हुँदैन । जुत्ता चप्पल लगाएर, उठेर, नराम्रा कुराहरु हेर्दै र सुन्दै खाना खानु हुँदैन ।

२.दक्षिण दिशातर्फ फर्केर खाना खान हिन्दुधर्म ग्रन्थहरुमा निषेध गरिएको छ । दक्षिण दिशातिर फर्केर खाएको खानाले शरीर र स्वास्थ्यमा विभिन्न प्रकारका समस्याहरु दिने गर्दछन् । त्यसकारण सकेसम्म खाना खाँदा पूर्व वा उत्तरतिर फर्केर नै खानुपर्छ । पश्चिमतिर फर्केर खानुलाई पनि ठिकै मानिएको छ ।

३.आयुर्वेदमा खाना खानु भन्दा ठीक अघि पछि र खाना खाने समयमा पानी खानु हुँदैन भनेको छ । खाना खाँदा पानी पिएमा त्यसले विषको काम गर्छ भन्ने मान्यता छ । यस कुरालाई भौतिक विज्ञानले पनि स्वीकारेको छ ।

४.खाना खाइसकेपछि बज्र आसनमा बस्नाले खाएको कुराहरु पच्दछ । खाना खाएपछि १०० पाइला हिँड्नाले शरीरलाई अनावश्यक मोटो हुन दिँदैन भन्ने कुरा आयुर्वेदमा भनिएको छ ।

५.खाने बित्तिकै सुत्यो भने अनेक प्रकारका रोगहरु लाग्छन् । मोहीले पाचन क्रियालाई मजबुत बनाउने भएकाले खाना खाएपछि मोही खानु उत्तम हुन्छ । खानेबित्तिकै ध्यान गर्न, व्यायाम गर्न, शरीरमा तेल लगाउन हुँदैन ।

६.चुठेपछि चिसो हातले आँखामा स्पर्श गर्नाले आँखा तेजिलो हुन्छ भन्ने शास्त्रीय मान्यता छ । खाना सकेसम्म चरेशको थालमा खानु उत्तम हुन्छ ।

७.आफूले नसक्ने खाना जुठो लगाएर फाल्नु हुँदैन, यसो गर्नाले घरमा दरिद्रता लाग्दछ भनिन्छ । नरुच्ने र नपच्ने खाना खानु हुँदैन । महर्षि चरकले दीर्घ जीवनको लागि कम खाना खानु भनेका छन् ।

७.यज्ञवल्क्यका अनुसार पेटको पाँच भागमध्ये तीन भाग अन्न, एक भाग पानीले भर्नुपर्छ भने एक भाग हावाको लागि खाली नै राख्नुपर्छ । यसरी भोजन गर्ने मानिस पेटका रोगहरुबाट पीडित हुनुपर्दैन र उसले स्वस्थ र शान्तसँग आफ्नो जीवनयापन गर्न सक्दछ भन्ने शास्त्रीय मान्यता छ ।

खाना खानसाथ हिँड्नु ठिक कि बेठिक ?

खाना खानसाथ तुरुन्तै हिँड्नु सहि हुँदैन । किनभने यसले रक्त संचारमा प्रभाव पार्छ । यस्तोमा पाचन प्रक्रिया पनि सहि हुँदैन । खाना खाएको आधा घण्टापछि मात्र टहल्नु राम्रो हो ।

खाना खाए लगत्तै चिया पिउनु ठिक कि बेठिक ?

खाना खाएको दुई घण्टाबीचमा चिया पिउनु हुँदैन । किनभने चियाको पातमा एसिडिक तत्व हुन्छ । त्यसैले खाना खाए लगत्तै चिया पिउँदा प्रोटिनको डाइजेशन सहि ढंगले हुन पाउँदैन ।

खाना खानसाथ फलफूल सेवन गर्नु ठिक कि बेठिक ?

खाना खाएको एक घन्टापछि मात्र फलफूल सेवन गर्न सकिन्छ । खाना खाए लगत्तै फलफूल सेवन गर्दा त्यो पचाउन गाह्रो हुन्छ । त्यसको न्यूटि्रशन शरीरले ग्रहण गर्दैन । फलतः एसिडिटी वा डाइसेसनको समस्या हुनसक्छ ।

के गर्ने सकिन्छ खाना खाये लगत्तै ?

खाना खानसाथ चिया, कफी, पानी पिउनु पनि ठीक हुँदैन । यद्यपी खाना खानुअघि र खाना खाए लगत्तै थोरै पानी पिउनु राम्रो हो, जसले पचाउन मद्दत गर्छ । खाना खाइसकेपछि सुत्नु वा सुत्ने पोजिसनमा बस्नु पनि पाचन यन्त्रको लागि अनुकुल हुँदैन । खानालाई राम्ररी पचाउनका लागि खाना खाए लगत्तै बज्रासनमा बस्नुपर्छ । कम्तिमा पाँच मिनेट यो आसनमा बस्नु राम्रो मानिन्छ ।

केहि टिप्स हरु

घ्यू–तेल तथा अन्य चिल्लोको मात्रा जति सक्यो कम प्रयोग गर्नु उचित हुन्छ । खाना पकाउन शुद्ध तोरीको तेल सबैभन्दा उत्तम हुन्छ । नून दैनिक ३ देखि ५ ग्रामभन्दा बढी प्रयोग गर्नुहुँदैन । नून थपेर खाने बानी छोड्नुपर्छ । बिहान–बेलुकीको खानामा हरियो सागले फाइदा गर्छ ।

दैनिक कम्तीमा एकपल्ट फलफूल खानुपर्छ । बेलुकीको खानामा २–३ वटा सुख्खा गहुँको रोटी, साग र मौसमी तरकारी हुनुपर्छ । बेलुकीको खाना ८ बजेभित्र खाइसक्नुपर्छ । बिहान एक छाक मात्र भात खाने गर्नुपर्छ । खानाको मात्रा सबैका लागि एकैनास हुँदैन । शारीरिक श्रम बढी गर्नेले धेरै र कम गर्नेले थोरै खानुपर्छ । काम कम माम धेरै गर्नुहुँदैन । बेलुकीको खाना खाएपछि कम्तीमा दुई घण्टापछि मात्र सुत्नुपर्छ ।

शाकाहारी हुनु मुटुका लागि फाइदाजनक छ । तर नियन्त्रित रूपमा माछा मासु खाएमा हानि हुँदैन । खसी, राँगो, बंगुरको मासुले कोलेस्टेरोल धेरै बढाउँछ । माछा र कुखुराको मासुले कम बढाउँछ । चिल्लो नराखी माछा र कुखुराको मासु पकाउने तरिका सिक्नुपर्छ । यस्तो खानाले हानि गर्दैन । माछामासु बिहान र दिउँसोको खानामा मात्र प्रयोग गर्नुपर्छ । बेलुकी माछा मासु नखानु नै उत्तम हुन्छ ।

उच्च फाइवरयुक्त खानाले मुटुलाई फाइदा गर्छ । खानामा फाइबरको प्रमुख स्रोत गहुँ, गेडागुडी, हरियो सागपात हुन् । गेडागुडीलाई अंकुरित रूपमा खानु अझ बढी लाभदायक हुन्छ । फापर, कोदो, जौ, मकैले पनि मुटुलाई फाइदा गर्छ । हाम्रो गाँउघरमा धेरै प्रयोगमा आउने गुन्द्रुक, आँटो, फापर र कोदोको रोटी, कूरिलोको सूप, कोइरालो, तीते करेला र केराको बुङ्गाको अचार, निउँरोको र लौकाको तरकारी, भुटेको मकै, भट्मास, चना, केराउ, दाँते ओखर आदिले मुटुलाई फाइदा पुर्याउँछ ।

खाना थोरै–थोरै गरेर धेरैपल्ट खानु उचित हुन्छ । दुई छाक मात्रै पेट कसिने गरी खाने र लगत्तै सुत्ने बानी मुटुका लागि खतरनाक हुन् । त्यसैले थोरै तर धेरैपल्ट उचित खाना खाएर आहार व्यवस्थापन गर्नुपर्छ । बेलुकीको खानामा दैनिक एक पोटी काँचो लसुन खाँदा फाइदा हुन्छ । यसले रगतको कोलेस्टेरोल घटाइ एस्पिरिनले जस्तै रगतलाई पातलो बनाउँदछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

खानामा किटाणुहरू नफैलिउन् भन्नका लागि केहि टिप्स

१. खाना पकाउनुअगि, खाना खानुअगाडि र केटाकेटीलाई खाना खुवाउनुअगि साबुनपानीले राम्ररी हात धुनुहोस्। हात राम्ररी धुनाले रोग फैलन

२. काँचै खाने फलफूल र तरकारीको बोक्रा ताछेर वा राम्ररी धोएर मात्र रोकिन्छ / हात पुछ्न एउटा सफा खानुहोस्। टालो राख्ने गर्नुहोस्|

३. खानेकुरामा थुकका छिटा पर्न नदिन खाना राखिएको ठाउँमा खोक्ने, थुक्ने, नियमित धोएर घाममा सूकाउने बुइगम र पानजस्ता चिजहरू चपाउने गर्नुहुँदैन ।

४. काँचै खाइने खानेकुरासँग काँचो मासु, माछा आदि राख्नुहुँदैन।

५. मासु काटिसकेपछि हात, हतियार र अचानो राम्ररी पखाल्नुहोस् ।

६.खानेभाँडाहरू जनावरहरूलाई चाट्न नदिनुहोस्। भरसक जनावरहरूलाई भान्छाकोठामा पस्न नदिनुहोस्।
बिग्रिएको खाने कुरा तुरुन्तै फाल्नुहोस ।

खाना बिग्रनुका केही लक्षणहरू तल दिइएका छन्

१. नमीठो गन्ध ।

२. खानाको रङ्ग परिवर्तन हुनु । (उदाहरणका लागि काँचो मासुको रङ्ग रातोबाट खैरोमा बदलिन्छ ।)

३. नराम्रो गन्धसहित माथिल्लो तहमा धेरै फोका उठ्नु, जस्तै झोल भएका पुराना (बासी) तरकारीहरूमा देखिन्छ ।

४. मासु तथा पकाएको खानेकुराको माथिल्लो तहमा काइ लेउ) जम्नु ।

खान कसरि खाने ? केहि टिप्स

१. खानामा के खाने, के नखाने मात्र होइन कसरी खाने भन्ने कुरा पनि जान्नुपर्छ । हामीले खानेकुरा खादाँ केही शिष्टाचार पालना गर्नुपर्छ ।

२. खाना खानुअघि प्लेट बजाउने, चम्चालाई हातमा खेलाउने जस्ता कार्य सभ्य मानिँदैन ।

३. खाना खाँदा ठूलो आवाज निकाल्नु हुँदैन ।

४. मुखभरि खाना दलेर तथा थालमा छरेर खाना खानु असभ्यता हो ।

५. एकै चोटी ठूलो–ठूलो गाँस हाल्नु पनि सभ्य शैली मानिँदैन ।

६. हतार–हतार खाने बानी राम्रो होइन ।

७. मुख खुला गरेर आवाज निकाल्दै चपाउनु हुँदैन ।

खाना खाँदा पानी पिउनु फाइदा कि बेफाइदा ? जानकारी लिनुहाेस्

मानिसहरू भन्छन् खाना खाँदा पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । खानासँग पानी पिउनाले शरीरमा टक्सिन जम्मा हुन्छ । जसकारण मानिस बिरामी पनि पर्न सकिन्छ ।

खाना खाँदाखेरी पानी पिउने कि नपिउने भन्ने विषयमा दुईमत पाइन्छ । खाना खाँदा पेटबाट एसिड निस्कन्छ र यसैले खाना पचाउँछ । पानी पिउँदा त्यो एसिड पातलिएर त्यसले राम्रो काम गर्न पाउँदैन । धेरैजसो मानिसको मान्यता यस्तो छ ।

तर यो सही होइन । धेरैथरी मेडिकल स्टडीहरूका अनुसार, खाना खाँदाखेरी पानी पिउँदा पेटको पीएच स्तरमा विशेष फरक पर्दैन । त्यसो त खाना खाँदा पानी पिएमा खाना मज्जाले पच्छ भन्ने धारणा पनि छ ।

तर यो पूर्ण सत्य होइन । पाचन एक जटिल प्रक्रिया हो र यसमा धेरै तत्त्वले एकैचोटि काम गर्नुपर्ने हुन्छ । पानीको मात्र त्यसमा भूमिका हुने होइन । खाना खाँदाखेरी पानी पिउँदा तपाईंलाई कब्जियतको समस्या हुँदैन किनकि पानीले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ र पाचन प्रणालीलाई चिल्लो बनाउँछ ।

पानीमा भएको पोषक तत्त्व पनि खानासँग जोडिन पुग्छ । तर त्यसो भन्दैमा खाना खाँदै गर्दा एकदमै धेरै पानी पिउन भने हुँदैन ।

के खानासँगै पानी पिउनु स्वास्थ्यका लागि हानिकारक होला त ?

स्वास्थ्य विज्ञका अनुसार खानासँगै पानी पिउनाले स्वास्थ्यमा कुनै नकारात्मक असर पर्दैन । वास्तवमा सबै खानेकुरा खाँदा पानी पिउनुपर्छ । यसो गर्नाले पाचन प्रक्रियामा सहयोग मिल्छ । विज्ञ भन्छन्– शरीरका लागि पानी निकै महत्त्वपूर्ण छ । शरीरलाई हाइड्रेटेड राख्न सकेसम्म पानी पिउनुपर्छ ।

डाक्टरका अनुसार कुनै पनि खानेकुरा खाँदा पानी पिउनु स्वास्थ्यका दृष्टिकोणले बिल्कुल सुरक्षित छ । तर, सबै खानेकुरा खाइसकेपछि तुरुन्तै पानी पिउनबाट बच्नुपर्छ । शरीरमा भएको इन्जाइम ग्यास्टिक जुस, प्यांक्रियाज र अन्य केमिकलले खाना पचाउन सहयोग गर्छ ।

तर, खानापछि तुरुन्तै पानी पिउँदा यो सबै इन्जाइम पानीसँग मिलेर पाचन प्रक्रियामा बाधा पुर्याउँछ । साथै, शरीरमा भएको पोषण तत्वलाई पनि सही ढंगले काम गर्न दिँदैन ।

आयुर्वेद विज्ञका अनुसार खाना खाँदा सँगै पानी पिउनु स्वास्थ्यका लागि असरदार हुँदैन । तर, सबै खानेकुरा खानुअघि वा खाइसकेपछि तुरुन्तै पानी पिउनुहुँदैन । किनकि यसले शरीरको पाचन प्रक्रियामा असर गर्छ ।

खानासँगै पानी पिउनाले पेटमा भएको एसिड पनि पानीसँगै मिसिन्छ । र, यसबाट कब्जियतको समस्या दूर हुन्छ । यसबाहेक पेट पनि छिटै भरिन्छ । र, आराम पनि मिल्छ । जुन कुरा स्वाथ्यका लागि राम्रो हो ।

तर, खानासँगै पानी पिउनुको मतलब एकैपटक धेरै पानी पिउनुपर्छ भन्ने चाहिँ होइन । पटक–पटक गरेर एक गिलास पानी बिस्तारै पिउनुपर्छ । खाना खाएको करिब आधा घन्टापछि मात्रै पानी पिउनु राम्रो हुन्छ ।

किनकि हामीले खाएको खाना पचाउन शरीरलाई दुई घन्टा लाग्छ । जब खाना पाचन प्रक्रियामा रहेको हुन्छ, तब शरीरमा तरल र ठोस पदार्थको एक निश्चित अनुपात बनिरहनु आवश्यक हुन्छ । यदि हामीले खाना खाएपछि पानी पियौँ भने यो अनुपात बिग्रिन्छ ।

धेरैजसो डाक्टरहरू खाना खाएको आधा घन्टापछि मात्र पानी पिउन सल्लाह दिन्छन् । ३० मिनेटको अन्तरालमा शरीरमा अलग–अलग पाचन प्रक्रिया सुरु भइसकेको हुन्छ । त्यसपछि पानीले पाचन प्रक्रियामा कुनै प्रभाव पार्दैन । यससम्बन्धमा अझ बढी जानकारी लिनका लागि पोषणविद्सँग सम्पर्क गर्नुहोला ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

सम्बन्धित् समाचार