गृहपृष्ठ खबर रुपन्देहीमा एकैदिन थपिए ५७ कोरोना संक्रमित, सबैभन्दा धेरै बुटवलमा

रुपन्देहीमा एकैदिन थपिए ५७ कोरोना संक्रमित, सबैभन्दा धेरै बुटवलमा

प्रकाशित मिति:

रुपन्देही : रुपन्देहीमा शुक्रबार ५७ जना कोरोना भाइरसका संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार एक सय ९० पुगेको छ।

विभिन्न ल्याबमा गरिएका परिक्षण अनुसार शुक्रबार साँझ ४ बजेसम्म विभिन्न ७ पालिकामा सो कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

शाहका अनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिका १३ महिला १७ पुरुष गरी ३० जना, सिद्धार्थनगर नगरपालिका क्षेत्रमा १० महिला र ५ पुरुष गरी १५ जना, तिलोत्तमामा ४ महिला र १ पुरुष गरी ५ जना, देवदहमा १ जना, रोहिणीमा ४ जना, सैनामैनामा १ र ओमसतियामा १ जनामा संक्रमण पुष्टि भएको छ।

जिल्लाका संक्रमितध्ये २८ जना महिला र २९ जना पुरुष हुन्। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार १ सय ९० पुगेको शाहले जानकारी दिए।

कार्यालयका अनुसार हाल सम्म १३ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ४९४ जना निको भएर फर्किसकेका छन्, ६ सय ८३ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

 

सम्बन्धित् समाचार