गृहपृष्ठ अर्थ/वाणिज्य अर्थतन्त्रलाई चलायमान राख्न व्यवसाय संचालन गर्न दिनुपर्ने कपिलवस्तुका व्यापारीहरुको माग

अर्थतन्त्रलाई चलायमान राख्न व्यवसाय संचालन गर्न दिनुपर्ने कपिलवस्तुका व्यापारीहरुको माग

प्रकाशित मिति:

कपिलवस्तु : कोरोना भाईरसका कारण लामो समयसम्मको लकडाउनले उद्यागी ब्यवासयीहरु धरासायी भएकोे भन्दै उद्योग ब्यापार संचालनका लागि सहज वातावरण बनाउनु पर्ने कपिलवस्तुका व्यापारीहरुले माग गरेका छन । कपिलवस्तु उद्योग बाणिज्य संघले राखेको संयुक्त बैठकमा कपिलवस्तु, तौलिहवा, चन्द्रौटा उद्योग बाणिज्य संघले समेत सो माग गरेका हुन् ।

लामो बन्दबन्दीले उद्योग ब्यापार तहसनहस भएको र त्यसले देशको अर्थतन्त्रमा समेत नकारात्मक असर परेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्लाका १० वटै पालिकालाई त्यस सम्बन्धि ध्यानाकर्षण गराउने निर्णय गरेका हुन । बन्दाबन्दी कोरोना रोकथाको दिगो उपाय नदेखिएको भन्दै उनीहरुले भदौ २३ गते देखि विश्व स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार उद्योग ब्यापार संचालन गर्न दिनुपर्ने बताएका छन । कपिलवस्तु उद्योग बाणिज्य संधका अध्यक्ष उमानाथ पौडेलले लामो लकडाउनले उद्योगी ब्यवसायीहरु मारमा परकोले अब उद्योग धन्दालाई आफै सावधानी अपनाएर संचालन गर्न दिनुपर्ने माग गरे ।

उनले बिहान दुई घन्टा मात्र दैनिक उपभोग्य बस्तु खरिदका लागि खोल्न दिएकाले अनावश्यक भीडभाड बढेको बताए । ‘ सबै उद्योग ब्यवसायलाई अब निर्वाधरुपले संचालन गर्न दिनु पर्छ ’ उनले भने । बाहिरी आवतजावतलाई कम गरी भौतिक दुरी र सुरक्षाका मापदण्ड पुरा गरी ब्यवासय संचालन गर्न दिनुपर्ने तौलिहवा उद्योग बाणिज्य संधका अध्यष गयादीन कुमीले माग गरे ।

कोरोना भन्दा पनि अन्य रोगका फलोअप गनू पर्ने त्रिरामीहरुकलागि प्रदेश र केन्द्रमा निजी र सरकारी अस्पताल अबिलम्म संचालन गर्नू पर्ने चन्द्रौटा उद्योग बाणिज्य संधका अध्यक्ष जमसेर अली मियाले बताए । ‘ अब सबै क्षेत्रलाई सावधानीपुर्वक संचालन गर्न दिनुपर्छ ’ उनले भने । उता लकडाउनको अवधि भदौ २२ गते राति सकिदैछ ।

रुपन्देहीमा समेत लकडाउन खुकुलो भएको छ । यस्तोमा सोमवार प्रशासन कार्यालयमा बस्ने बैठकमा कपिलवस्तमा समेत लकडाउन खुकलो हुने निर्णय हुने श्रोतले बताएको छ । जिल्लामा सकृस संक्रमितको संख्या सवा सयको हाराहारीमा मात्र छ ।

सम्बन्धित् समाचार