
कपिलबस्तु : बाणगंगा नगरपालिका वडा ९ भलवाडको श्रीराम आधारभूत विद्यालय पडरियामा १०७ औं विपि जयन्तीमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । बिपि कोइरालाको १०७ औं जन्मजयन्ती को अवसरमा एक कार्यक्रमका बीच मंगलबार बिपि कोइराला युवा नेतृत्व विकास मंन्च कपिलवस्तुको अयोजना तथा तरुण दल र नेविसंघ कपिलवस्तुको सहकार्यमा १०७ औं जन्मजयन्ती भव्यताको साथ कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि नेका केन्द्रिय सदस्य एवम प्रतिनिधि सभा सदस्य माननीय सांसद अतहर कमाल मुसलमान, बिशिस्ट अतिथी महासमिति सदस्य हरिराज घिमिरे तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी ,नेका जिल्ला सदस्य रबि काफ्ले ,नेका वडा सभापति दिपक थापा ,बिधालयका प्रअ ओमलाल गिरि, अध्यक्ष चुरामणी अर्यालले मन्तब्य राख्नुभएको थियो भने कार्यक्रममा स्वागत नेविसंघका दिनेश छेत्री को स्वागत मन्तव्य र नेविसंघका छेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको संचालनमा युवा नेतृत्व बिकास मंन्चका जिल्ला संयोजक राममणी पौडेलको सभापतित्वमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा नेका महासमिति सदस्य दुर्गा सेन,नेका जिल्ला सदस्य देबेन्द्र रायमाझी ,शिक्षक महासंघका जिल्ला अध्यक्ष दिना सुवेदी ,तरुण दलका छेत्रीय सभापति तिलक थापा सचीव गोबिन्द आचार्य सहसचिव सुशील सिंह ठकुरी सदस्यहरु दिपक शर्मा, किरन ठकुरी,नगर सभापति सुरेश सेन, नेका छेत्रीय सदस्य खिम थापा ,नेका बाणगङ्गा(३ का वडा सभापति खिमानन्द पाण्डे ,तरुण नेता रमेश मल्ल,लक्ष्मि कुंवर सुरज ठकुरी त्यसैगरी नगर कार्यपालिका सदस्य केशरा गुरुङ नेका वडा सहसभापती दिनामणी आचार्य, प्रेम बहादुर घिमिरे युवा समाजसेवी शुभद्र पोख्रेल लगायत शिक्षक स्टाफ बिब्यस सदस्यहरु,शिक्षक अभिभावक संघ र अभिभावक हरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा बिधालयका प्रअ ओमलाल गिरि र अध्यक्ष चुरामणि अर्यालले धन्यवाद ब्यक्त गर्दै तरुण दल र नेविसंघको प्रसंसा समेत गर्नुभएको थियो।

उक्त कार्यक्रममा १५ थान कुर्सी ४ थान पंखा,१ थान टेबुल १ थान दराज गरि करिब करिब ५० हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको थियो। उक्त कार्यक्रमका लागि कृष्ण पराजुली ,ओमकार आचार्य, मित्र कडेल, खिमानन्द घिमिरे ,कृष्ण बेल्बासे९मोतिपुर० बाट सहयोग गर्नुभएको थियो। कार्यक्रममा बिपिको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको र उहाको योगदानका बारेमा चर्चा गरिएको थियो।







