गृहपृष्ठ Featured अर्घाखाची शितगंगा १३ का वडा अध्यक्ष बिसिका काण्डै काण्ड, थप प्रमाणहरु

अर्घाखाची शितगंगा १३ का वडा अध्यक्ष बिसिका काण्डै काण्ड, थप प्रमाणहरु

सुचना लुकाएर आफनी श्रीमतिलाई जागिर खुवाएका अर्घाखाची शितगंगा नगरपालिका १३ का वडा अध्यक्ष दुर्गा बिसिका एक पछि अर्का काण्डहरु बाहिरी रहेका छन । वडा अध्यक्षले श्रीमतिलाई जागिर खुवाउन सुचना लुकाएको घटना वैखरी अनलाइनले प्रमाण सहित बाहिर ल्याएको थियो । जसका कारण उनको अहिले  बिरोध भइ रहेको छ ।

अनुमति नै नलिई भर्ना : शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीले शितगंगा १३ स्थित बुद्ध आधारभूत विद्यालयले नयाँ शिक्षक भर्ना अनुमति नै नलिएको पाइएको छ । विद्यालयमा रिक्त रहेको अंग्रेजी विषयको शिक्षक नियुक्त गर्नुपर्नेमा नेपाली विषयको शिक्षक भर्नाको अनुमति माग्न आएपछि आफूले अंग्रेजी विषयकै शिक्षकबाहेक अरु विषयको शिक्षक भर्ना गर्न अनुमति नदिएपछि अवैध तरिकाले भर्ना गरेको जिल्ला शिक्षा समन्वय प्रमुख मनिराम पराजुलीले बताए । “यो भर्ना प्रक्रिया पूर्णरुपमा अवैध छ । जिल्ला शिक्षा विकास समन्वय ईकाले मान्यता दिदैन” उनले भने ।

आवेदन दिने ३ जनामा साली र कार्यकर्ता : वडाध्यक्ष विसीले श्रीमतीलाई जागिर खुवाउन ४ जनाको आवेदन दिन लगाए । काठमाडौं बस्ने साली निर्मला चुदाँली र उनकी साथी विमला केसीका कागजात मगाएर आवेदक बनाए । विद्यालय श्रोतकै दाबी मान्ने हो भने तीनै जनाका आवेदन समेत त्यहीँ आफैले लेखिदिएका थिए । उनीहरुको हस्ताक्षर समेत नक्कली हो ।

यस मध्ये परीक्षामा ३ जना अनुपस्थित भए भने वडाध्यक्षकी श्रीमती सुनिता मात्र उपस्थित भइन् । प्रक्रिया अनुसार आवेदक मध्ये ३ जना अनिवार्य परीक्षामा हुनुपर्ने अन्यथा ७ दिने सूचना निकाल्नुपर्ने थियो । तर त्यहीँ दिन नै परीक्षा नदिएर उपस्थित भएकै आधारमा परीक्षा पासगरि शिक्षक नियुक्ति दिइयो ।

वडाध्यक्ष विसीमाथि किर्ते नागरिकता मुद्दा: नककली प्रमाण तथा अवैध बाटो श्रीमतीलाई शिक्षक बनाउन लागेका वडाध्यक्ष विसी नक्कली नागरिकता बनाउन किर्ते प्रमाण खडा गरेको आरोपमा मुद्दा खेपिरहेका छन् ।

अर्घाखाँचीमा नक्कली बुबा आमाको नाता कायम गरी भारतीय महिलालाई बंशजको नागरिकता बनाइदिएको आरोपमा २०७४ भदौमा वडाध्यक्ष विसी पक्राउ परेका थिए । नक्कली बाबु बनि झुटो विवरण पेश गरी भारतीय महिलाले बंशजको नागरिकता लिएको उजुरी पछि सीता भाट क्षेत्री र कर्णबहादुर भाट क्षेत्री पक्राउ परेका थिए । उनीहरुकै बयानको आधारमा वडाध्यक्ष विसी पक्राउ परेका थिए ।

वडा नम्बर–१३ सिमलपानी डढुवाका चुडामणि भाट क्षेत्रीले भारतको झारखण्ड माइती घर भएकी श्रीमती भारतीय महिला सीता भाट क्षेत्रीलाई नेपाली नागरिकता बनाउन वडाध्यक्षसँग मिलेर झुठो विवरण पेश गरि नागरिकता बनाएका थिए ।

यो पनि पढनुहोस

अर्घाखाँचीमा श्रीमतीलाई जागिर खुवाउने वडा अध्यक्षको भण्डाफोर, हेर्नुस प्रमाणहरु

सम्बन्धित् समाचार