
कपिलवस्तु ; कपिलवस्तुको कृष्णनगर नगरपालिका–१ मडहास्थित पोखरीमा डुबेर १४ वर्षीय बालकको ज्यान गएको छ । ज्यान गुमाएका बालक कृष्णनगर नगरपालिका १ मडहा घर भएका फग्गू डफालीका १४ वर्षीय छोरा खुर्शीद डफाली रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ।
बाख्रा चराउना गएका खुर्शीद पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिनु भएको छ








