गृहपृष्ठ खबर बाणगंगामा मंसिर २४ र २५ गते खुला पुरुष डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

बाणगंगामा मंसिर २४ र २५ गते खुला पुरुष डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

चार नम्बर जीतपुर : कपिलवस्तुको बाणगंगामा मंसिर २४ र २५ गते खुला पुरुष डबल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बाणगंगा नगरपालिका वडा नः ४ को कार्यलयमा पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी गराईएको हो । बाणगंगा नगरपालिका वडा नः ४ को आयोजना तथा शान्ति दिप युवा क्लवको संयोजनमा मंसिर २४ र २५ गते खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुनेले रु ६६ हजार, द्धित्तिय हुनेले ३३ हजार र तृतिय हुनेले रु १६ हजार पाउने क्लवका अध्यक्ष शुसिल सिहं ठकुरीले बताए । प्रतियोगिता बुद्ध रगंशालाको कर्बड हलमा हुने उनले बताए । साथै प्रतियोगितामा कपिलवस्तु र रुपन्देही भन्दाका बाहिरका खेलाडीलाई एक दिनका लागी खान बस्न समेत ब्यवस्था गरिएको कर्बड हल निमार्ण समितिका अध्यक्ष खडक आलेले बताए ।

आगु औषध दुब्र्यसन रहित स्वस्थ र सम्मुनत समाज निमार्णको लागी खेलकुद भन्ने उद्देश्यले प्रतियोगिता सञ्चालन हुन लागेको आयोजक बाणगंगा नगरपालिका वडा नः ४ का अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताए । साथै उनले कपिलवस्तु जिल्लालाई चिनाउन समेत महत्वपूर्ण भूमिका खेल्ने बताए ।

सम्मेलनमा वडा सदस्यहरु, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष क्षवि रेस्मी मगर, अखिल फुटबल संघका जिल्ला अध्यक्ष तिलक थापा, युवा समाजसेवी चन्द्रकान्त पोख्रेल लगायतको आतिथ्यता रहेको थियो ।

सो ब्याडमिन्टन प्रतियोगितामा काठमाडौं, हेटौडा तथा धनगडीका चर्चित खेलाडीको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

 

सम्बन्धित् समाचार