गृहपृष्ठ खबर कपिलवस्तुमा ६८ जना बिपन्नको निःशुल्क मोतिया बिन्दुको अप्रेशन

कपिलवस्तुमा ६८ जना बिपन्नको निःशुल्क मोतिया बिन्दुको अप्रेशन

आर्थिक कारणले मोतिया बिन्दु लागेर पनि अन्धकारमा जिीवन बिताईरहेका ६८ बिपन्नहरुको निःशुल्क अप्रेशन गरिएको छ । कपिलवस्तुको सुद्धोदन गाउपालिका १ पतरियाका तथा त्यस आसपासमा रहेको बिपन्न ६८ जनाको मोतिया बिन्दुको निःशुल्क अप्रेशन गरिए पछि उनीहरुले नया जीवन पाएको बताएका छन । हेल्पीङ हेन्ड फर रिलिफ एन्ड डेभलपमेन्ट संस्थाको आर्थिक सहयोगमा तौलिहवा आखा अस्पतालमा उनीहरुको निःशुल्क अप्रशेन गरिएको हो । गत माघ १७ गते पतरियामा चलाइएको निःशूल्क स्वास्थ्य शिबिर एवं आखा जाच कार्यक्रममा ६८ जना मोतियाबिन्दु रोगी फेला परेका थिए । पैसा अभावको कारण ३ बर्ष देखि अन्धकारमा बस्न बाध्य सुर्जबलियाका ६६ बर्षिय सोमन केवटले अप्रेशन पछि नया जिवन पाएको बताए । ‘ खान लाउन नै समस्या थियो, पैसा नहुदा ३ बर्ष देखि दुष्टिबिहीन अवस्थामा थिए ’ उनले भने ‘ अहिले निःशूल्क अप्रशेन पछि नया जिवन पाए जस्ता लागेको छ । ’ आफु जस्तो बिपन्नलाई सहयागे गर्ने संसथालाई उनले धन्यबाद दिए ।

 

यस्तै प्रगति नगरकी ६० बर्षिया दूखनी थारुले आखा नदेखेर कष्टकर जिीवन बिताई रहेकोमा आफुले अहिले नया संसार देखेको अनुभव गरेको बताईन । ‘ घरमा हातमुख जोर्न नै समस्या छ, आखाको अप्रशेनकालागि लाग्ने रकम जोहो गर्नै सकेकी थिईन ’ उनले भनिन ‘ निःशुल्क अप्रशेन भए पछि अहिले धेरै खुशी लागेको छ ’ । केवट र थारु जस्तै निः शुल्क अप्रशेन सेवा पाएका बिपन्न परिवार हर्षित छन । संस्थाका कार्यक्रम संयोजक असहद कमालले आफनो संस्थाले बिपन्न परिवारलाई सहयोग गर्न पाउदा खुशी लागेको बताए । उनले यस्तो कार्यक्रम आफनो संस्थाले निरन्तर गर्दै जाने बताए ।

 

उनले तौलिहवा आखा अस्पताललाई सुबिधा संपन बनाउन आवश्यक उपकरणहरु समेत सहयोग गर्ने बताए । उता निः शुल्क स्वास्थ्य शिबिरमा ६ सय जना बिरामीको जाच गरी औषधी समेत उपलब्ध गराइएको थियो । शिबिरमा बिघठित प्रतिनिधि सभाका सांसद अतहर कमाल, संस्थाका ब्यवस्थाक जीवा पोख्रेल वडाध्यक्ष तिलकराम यादवको सहभागीता थियो ।

सम्बन्धित् समाचार