गृहपृष्ठ खबर कपिलवस्तुको यशोधरामा यशोधरा गाउँपालिका डोरीतान संघ गठन

कपिलवस्तुको यशोधरामा यशोधरा गाउँपालिका डोरीतान संघ गठन

प्रकाशित मिति:

सागर वि.क. : कपिलवस्तुको यशोधरा गाउँपालिकामा यशोधरा गाउँपालिका डोरीतान संघ गठन गरीएको छ । रमेश पाण्डेको अध्यक्षतामा १५ सदस्यीय यशोधरा गाउँपालिका डोरीतान संघ गठन गरीएको हो । कार्यक्रलाई सम्बोधन गर्दै यशोधरा गाउँपालिकाका उपमेयर कल्यावती उपाध्यायले नवगठित समितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना शुभकामना दिनुभएको थियो । कार्यक्रमका प्रमुख समेत रहनुभएका उपाध्यायले अबका दिनहरुमा गाउँपालिकाभित्र खेलकदका कार्यक्रम आयोजना गरि बालकालिकासहित युवाहरुमा खेल सिपको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि यशोधरा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष लैश पठानले कपिलवस्तु डोरीतान संघले जिल्लाको खेल क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गदै गईरहेको बताउनुभएको थियो । त्यस्तै लुम्बिनी डोरीतान संघका प्रदेश सदस्य रोम बहादुर थापाले यस संघले जिल्लाका विभिन्न स्थानमा संघहरु गठन गरि जिल्लाका खेलकुद पे्रमीको हक हितमा निरन्तर कार्य गर्दैै जाने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । खेलाडीहरुमा भएको खेल सिपलाई थप विकास गर्दै लैजाने समेत उहाँले बताउनुभएको छ ।

कपिलवस्तु डोरीतान संघका अध्यक्ष तथा केन्द्रिय सदस्य मीनराज बेल्वासेले खेलले मानिसको शारिरीक विकाससंगै मानसिक विकासमा अहम भूमिका खेल्ने भएकाले खेलको विकासमा आफुहरु निरन्तर लागी रहेको बताउनुभएको थियो ।

कपिलवस्तु डोरीतान संघको आयोजनामा भएको कार्यक्रममा संघका उपाध्यक्ष खोम बहादुर थापाले स्वागत मन्तव्य राख्दै कपिलवस्तु डोरीतान संघले अव संक्रियताका कपिलवस्तु भरी नै खेलकुदका गतिविधि संचालन गर्ने बताउनुभएको थियो । कार्यक्रम संघका सचिव दामोदर खनालको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार