गृहपृष्ठ खबर म्यानमारमा सैन्य कू को विरोधमा १० हजार बढी सहभागी

म्यानमारमा सैन्य कू को विरोधमा १० हजार बढी सहभागी

प्रकाशित मिति:

काठमाडौं : म्यानमारमा सैन्य कू को विरोधमा सोमबार तेस्रो दिन पनि प्रदर्शन जारी छ । तेस्रो दिन दश हजारभन्दा बढी मानिसहरू सडक प्रदर्शनमा उत्रिएका छन् । गत सोमबार सेनाले निर्वाचित नेतृ आङ सान सूचीलगायत नेताहरूलाई पक्राउ गरी एक वर्षे संकटकाल घोषणा गरेपछि म्यानमारमा दिनहँ प्रदर्शनमा भाग लिनेको संख्या बढ्दै गएको छ ।

सेनाको उक्त कदमको विरोधमा म्यानमार मा दशकयताकै ठुला प्रदर्शनहरू भएका छन् । मुख्य सहर याङ्गोनमा देशव्यापी हडताल स्वरूप वकिल, शिक्षक र निजामती कर्मचारीसहित विभिन्न पेसागत समूहहरू भेला भएर विरोध जनाईरहेका छन् ।

प्रदर्शनमा सहभागिहरुलाई तितरबितर पार्न पानीको फोहोरा प्रयोग गरे पनि प्रदर्शन रोकिएको छैन । यद्यपी हिंसाको घटनाहरु नभएको बताइएको छ । -एजेन्सी

सम्बन्धित् समाचार