गृहपृष्ठ खबर बाणगंगामा हुने खुल्ला महिला भलिवलको तयारी पुरा, भोली विहान १० बजे उद्घाटन

बाणगंगामा हुने खुल्ला महिला भलिवलको तयारी पुरा, भोली विहान १० बजे उद्घाटन

चार नम्बर जीतपुर : कपिलवस्तुको बाणगंगा नगरपालिकामा भोलिदेखि सुरु हुने ‘प्रथम हिलवर्ट राष्ट्रिय महिला भलिवल च्याम्पियन्स–२०७७’ को तयारी पुरा भएको छ । नगरको वडा नम्बर २ पिपरको हिलवर्ट इङलिस बोर्डिङ स्कुलले आयोजना गरेको प्रदेश ५ कै पहिलो महिला भलिवलको तयारी पुरा भएको हो ।

विहान १० बजे प्रदेश सांसद विष्णु पन्थीले खेलको उद्घाटन गर्नु हुने कार्यक्रम तय भएको छ । खेलको पूर्वाधार निर्माण, मञ्च व्यवस्थापन, अतिथि सत्कार, लाइट, प्रचारप्रसार, लगायतका काम सम्पन्न भइसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक खनालले बताउनुभयो । उनीहरु सबैलाई विद्यालयमै आवास र खानाको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा कपिलवस्तुसहित रुपन्देही, दाङ, पोखरा, धरान, काठमाण्डौँ, लगायतबाट ८ टिम सहभागी भएका छन् । शनिबार साँझसम्म सबै खेलाडी स्कुलमा आइसकेको अध्यक्ष खनालले जानकारी दिनुभयो । खेलाडीसंगै अफिसियलहरु, टिम कोचहरु प्नि आइपुगेका छन् । काठमाण्डौँको न्यू डायमण्ड क्लव, पोखराको शान्ता भलिवल क्लव, बुटवलका कुँवरवर्ति, एभरेष्ट र दीप स्कुल प्रतियोगिताका प्रम्ख दावेदार टिम रहेको राष्ट्रिय रेफ्री किसन चन्दले जानकारी दिनुभयो ।

४ गतेसम्म हुने प्रतियोगिताको विजेताले नगद १ लाख, उपविजेताले ७० हजार, तृतीयले ४० हजार तथा सान्तवना स्थान हासिल गर्ने टिमले २० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् । यस्तै उत्कृष्ट खेल पस्कने खेलाडीलाई पनि व्यक्तिगत रुपमा पुरस्कृत गरिने छ । विद्यालयस्तरबाट आयोजना भएको १ लाख राशीको यो प्रतियोगिता लुम्बिनी प्रदेशमै पहिलो हो ।

विद्यालय स्तरमा खेलकुदको विकास गर्न र भलिबल खेललाई विकास गर्न प्रतियोगिता आयोजना गरिएकाले खेल अवलोकनको लागि विद्यालयका प्रवन्त्र निर्देशक बुद्धि पौडेले र प्राचार्य कमल पौडेलले आग्रह गर्नुभयो । प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित् समाचार