गृहपृष्ठ खबर कोरोनाको इन्डियन भेरिएन्ट चीनमा पनि फेला

कोरोनाको इन्डियन भेरिएन्ट चीनमा पनि फेला

प्रकाशित मिति:

एजेन्सी(नयाँदिल्ली) : पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोनाइरसको ुइन्डियन भेरिएन्टु चीनमा पनि फेला परेको बताइएको छ । चिनियाँ अधिकारीहरुले कोरोना भाइरसको बी १६१७ भेरिएन्ट पुष्टि भएको बताएका छन् । यससँगै चीनमा उच्च शतर्कता अपनाइएको छ ।

तर यो भेरिएन्ट हालसम्म अहिलेसम्म कतिजनामा देखियो भन्ने बारे यकिन विवरण आएको छैन । चीनबाट २०१९ मा सुरु भएको कोरोनाभाइरस विभिन्न देशमा नयाँ र घातक रुपमा देखिन थालेको छ । विज्ञहरुका अनुसार विभिन्न ठाउँ र अवस्था अनुसार कोरोनाभाइरसका नयाँ भेरिएन्ट देखिएका हुन् ।

भारतमा भेटिएको नयाँ भेरिएन्टबारे पनि हालसम्म वैज्ञानिकले कुनै ठोस तथ्य फेला पारेका छैनन् ।

चिनियाँ सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)का प्रमुख वु जुनयुले भारतको नयाँ भेरिएन्ट म्युटेट स्ट्रेन चीनमा पनि फेला पर्नु चिन्ताको विषय रहेको प्रतिक्रिया दिए । साथै नयाँ भेरिएन्टले फेरि महामारीको चेतावनी दिएको भन्दै सबै सचेत रहन उनले आग्रह समेत गरेका छन् ।

सम्बन्धित् समाचार