गृहपृष्ठ ज्योतिष /वास्तु रुद्रीको त्यो शिवसंकल्पमस्तु र मंत्रहरूमा भएको ज्ञानेन्द्रियहरूको भाव विस्तार

रुद्रीको त्यो शिवसंकल्पमस्तु र मंत्रहरूमा भएको ज्ञानेन्द्रियहरूको भाव विस्तार

प्रकाशित मिति:

ज्योतिषी राजकुमार आचार्य

रुद्री पाठ हामी सबैले गरिरहेका हुन्छौं। रुद्र देवताको स्तुति गरिएको यो पाठमा के छ त? विशेषगरी रुद्री को प्रथम अध्याय देखि यो पाठ आरम्भ हुन्छ। हरिॐ बाट गणपति स्तुति गर्दै अगाडि बढ्छ। यो ब्रह्माण्ड र प्रकृतिमा तीन अवस्थाहरु छन् चेतन, अचेतन र अर्धचेतन। वेदले मनको सर्वव्यापकता र ज्ञानेन्द्रिय हरूको ब्रह्मसम्मको चिन्तनलाई ब्यक्त गर्दछ।

त्यस्तै रूद्रि मा भएका शुक्ल यजुर्वेद का मन्त्रहरु आफैंमा पनि मनको अवस्था र प्राणिको जागृत अवस्थामा यसको व्यापकताको वर्णन गर्दछ। रुद्री का मन्त्रहरु शुक्ल यजुर्वेद कै मन्त्र हो। यहाँ मे नम: शिवसंकल्पमस्तु आउँछ। शुक्ल यजुर्वेदको ३४ अध्याय को यो मंत्रले के भन्न खोजेको होला त? यत्प्रज्ञानमुत चेतो धृतिश्च यज्ज्योतिरन्तरमृतं प्रजासु ।

यस्मान्न ऋते किंच न कर्म क्रियते तन्मे मनः शिवसंकल्पमस्तु ।। (शुक्लयजुर्वेद, ३४, ३) – जो प्रजा हरुमा प्रज्ञा (गहन तथा निर्णायात्मक सामर्थ्यवाला ज्ञान) चेतना र धैर्य रुपमा अवस्थित छ, जो प्रजाको अन्तस्मा अमृत (मरणशिलतादेखी पर) सत्ता एवं ज्योतिको रुपमा विद्यमान रहन्छ र जसको अभावमा कुनै पनि कर्म गर्न सम्भव हुँदैन, त्यहीँ मेरो मन शान्त शुभ तथा कल्याणप्रद विचारको हुन्छ।

मनलाई विशुद्ध ज्योतिर्मय भनिएको छ किनकि इन्द्रीयद्वारा प्राप्त भएको ब्रह्मज्ञान को समीक्षा मनको द्वारा नै हुन्छ त्यहीँ नै उक्त ज्ञानलाई प्रकाशित गराउँछ, त्यहीँ ज्ञानलाई ग्रहण गराउँछ। यो मन नै हो जसलाई लिएर जसबाट प्रेरित भएर कर्मेन्द्रिय कर्म गर्नका लागि उद्यत हुन्छ। मानव शरीरको सक्रियताको पछि मन नै कारण हुन्छ। वैदिक मंत्रमा कतिपय मंत्र यस्तो छ कि जसमा आत्मिक उत्थानको गम्भीर भाव प्रार्थनाको रुपमा ब्यक्त छ।

यस्तो मंत्र शुक्लयजुर्वेदको ३४ अध्यायमा रहेकोलाई नै विस्तार गर्न सकिन्छ। रूद्रिमा पाठ गर्दा भेटिने यजुर्वेदको यी मन्त्रहरु को अन्तिममा एउटा वाक्यांश दोहोरिन्छ- तन्मे मन: शिवसंकल्पमस्तु। यिनै सारा मन्त्रको मनको लक्षण र विशिष्टताको उल्लेख गर्दै प्रार्थना अथवा कामना गरिएको हुन्छ कि यो मन मेरो शान्तिमय बिचारवाला छ।

यज्जाग्रतो दूरमुदैति दैवं तदु सुप्तस्य तथैवैति । दूरंगमं ज्योतिषां ज्योतिरेकं तन्मे मनः शिवसंकल्पमस्तु ।। (शुक्लयजुर्वेद, ३४, १) – मानव मन व्यक्तिको जाग्रत अवस्थामा टाढासम्म चलिरहन्छ र त्यहीँ सुप्तावस्थामा त्यस्तै स्थितिमा फर्किन्छ जुन टाढा सम्म पुग्ने सामर्थ्य राख्छ र सबै ज्योतिर्मयको पनि छ, त्यस्तै मेरो मन शान्त शुभ तथा कल्याणप्रद विचारको होस्। मन्त्रको अर्थ र भाव लिई स्पष्ट बताउँछ कि मनको गमन आगमनको बात भौतिकपदार्थमूलक धरातलमा नै हुने गर्छ। मनको संरचण वैचारिक संसारमा हुन्छ र त्यो यस संसारमा क्षणभरमै कहाँदेखि कहाँसम्म पुग्दछ। यहाँ ज्योतिर्मयको सँग छ, जुन बाहिरि भौतिक जगतबाट विशिष्ट ज्ञान ( विज्ञान ) मनुष्यलाई प्रदान गर्छ।

ज्ञानको बाहक हुनाले नै यसलाई ज्योति भन्न सकिन्छ। यसको अभावमा हामीलाई इन्द्रिय सम्बन्धित समुचित ज्ञानको प्राप्ति हुनसक्दैन। अत: यो यस विशेष अर्थमा वस्तुलाई प्रकाशित गर्छ अथवा यसको अस्तित्वको आभाष गर्छ। प्रन्तु यो सब तब सम्भव र सार्थक छ जब मनको लागि ज्ञान ग्राहक रुपमा उपस्थित हुन्छ। यो मन त्यसलाई पनि प्रकाशित गर्दछ। ज्ञानको संग्रहणको दिशा हुन्छ। यस्तै यो मन नै शिवसंकल्पवान हुन्छ। येन कर्माण्यपसो मनीषिणो यज्ञे कृण्वन्ति विदथेषु धीराः । यदपूर्वं यक्षमन्तः प्रजानां तन्मे मनः शिवसंकल्पमस्तु ।। (शुक्लयजुर्वेद, ३४, २) – यस मन्त्रको तात्पर्य यसरी बुझ्न सकिन्छ जुन (मन) को द्वारा उस (यज्ञ) को क्रियाविधिको समुचित ज्ञानसँगै कर्मशील र धैर्यवान् मनीषीजन धर्म सम्पादन गर्दछन् – जो अपूर्व छ योग्य कार्यको क्षमता राख्दछ र जो प्रजाहरूको अन्तस्मा स्थित रहन्छ त्यो मेरो मन शान्त शुभ तथा कल्याणप्रद विचारको हुन्छ। यहाँ अपूर्व को मतलब हुन्छ जसको पूर्व कुनै पनि (ज्ञानेन्द्रिय) छैन।

जहाँ ज्ञानेन्द्रिय स्थुल भौतिक स्वरुप हुन्छ त्यहीँ मनको कुनै भौतिक स्वरुप हुँदैन। फेरि पनि त्यो हाम्रो भित्र कहिँ स्थिति हुन्छ। हाम्रो वैदिक साहित्यमा जुन यज्ञ शब्दको प्रयोग जहाँ कहीं देखाइरहेको हुन्छ त्यसको यसको वास्तविक अर्थ कदाचित् कुनै ध्येयको प्राप्तीको लागि दिईएको श्रमको आहुतिसँग हुन्छ। यो श्रम विशुद्ध स्थूल भौतिक स्तरको हुन्छ अथवा वैचारिक वा बौद्धिक रुपको हुन्छ। हरेक कर्मलाई सम्पन्न गर्ने नियम रहेको हुन्छ जसको ज्ञानसँगै त्यो कर्म पनि गरिएको हुन्छ। ॐ शिवसंकल्पमस्तु!

सम्बन्धित् समाचार