गृहपृष्ठ खबर बाग्लुङको निसीखोलामा माटोको ढिस्कोमा पुरिएर आमाछोराको मृत्यु

बाग्लुङको निसीखोलामा माटोको ढिस्कोमा पुरिएर आमाछोराको मृत्यु

बाग्लुङ : जिल्लाको पश्चिम निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमाछोराको मृत्यु भएको छ । शुक्रबार निसीखोला गाउँपालिका– २ काल्नेचौरमा माटोको ढिस्कोले आमाछोराको मृत्यु भएको हो ।

घरनजिकै माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्काले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर र उनका १२ वर्षीय माइलो छोरा सुरेश कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिए ।

घर पोत्न प्रयोग गरिने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्कोले पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ । माटोले पुरिएका आमाछोराको केहीबेरमै स्थानीय बासिन्दाले उद्धारको प्रयास गरे पनि उद्धार हुन सकेको छैन ।

सम्बन्धित् समाचार