चितवनका अस्पतालमा उपचाररत ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका तीन र अन्य बाहिरी जिल्लाका छन् ।
भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत ११ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।
मृत्यु हुनेमा गुल्मीको तम्घास नगरपालिका– ९ का ५० वर्षीय पुरुष, चितवनको खैरहनी नगरपालिका– ९ की ५४ वर्षीया महिला, रुपन्देहीको सियारी गाउँपालिका– ४ की ३४ वर्षीया महिला र भैरहवा नगरपालिका– ८ का ५० वर्षीय पुरुष छन् ।
त्यस्तै चितवनको राप्ती नगरपालिकाका– १ का ५० वर्षीय पुरुष, बाराको निजगढ नगरपालिका– ९ का ३२ वर्षीय पुरुष, अर्घखाँचीको भूमिकास्थान नगरपालिका– ९ का ३० वर्षीय पुरुष, कपिलवस्तुका ३५ वर्षीय पुरुष, रुपन्देहीको तिलोत्तमा नगरपालिका– ५ का ४० वर्षीय पुरुष र रुपन्देहीको कालिका नगरपालिकाका–१० का ४९ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
त्यस्तै माडी नगरपालिका– ५ का ६० वर्षीय कोरोना संक्रमित वृद्धको पनि उपचारका क्रममा मृत्यु भएको छ ।








