गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

कपिलवस्तुको बाणगंगामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ बाणगंगा, लायन्स क्लव अफ कपिलवस्तु र कपिलवस्तु जेसिजको सयुतm आयोजनामा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । बृहत रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको लायन्स क्लव अफ बाणगंगाका अध्यक्ष रमेशचन्द्र भुसालले बताए ।

बृहत्त रक्तदान कार्यक्रममा सहभागी भई यस कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई अध्यक्ष भुसालले धन्यवाद समेत दिएका छन । कपिलवस्तुु जेसिजको हलमा रक्तदान कार्यक्रम सम्पन्न भएको । कोरोना महामारीको समयमा अस्पतालहरुमा रगतको अभाव भएको कुरा आएकाले रगत अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको कपिलवस्तु जेसिजका अध्यक्ष भिमकान्त भट्टराईले जानकारी दिए ।

सम्बन्धित् समाचार