तिलोत्तमा : बुटवलस्थित कोरोना विशेष अस्पतालमा शनिबार थप चार संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेका छन् । गत वैशाख २७ गते अस्पतालमा भर्ना भएका रुपन्देहीको तिलोत्तमा नगरपालिका २ का ७१ वर्षीय पुरुष,गुल्मीको दरबार गाउँपालिका ५ का ४२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले बताए ।
त्यस्तै, जेठ २ गते भर्ना भएकी रुपन्देहीको बुटवल ११ की ६१ वर्षीया महिला र शनिबार भर्ना भएकी सियारी गाउँपालीका ५ की ५६ वर्षीया महिलाको ५ स्४५ बजे मृत्यु भएको उनले बताए । उनीहरु चारैजना आईसीयूमा उपचाररत थिए ।