गृहपृष्ठ खबर आजको मौसम : देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

आजको मौसम : देशभर बादल लाग्ने, केही स्थानमा भारी वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ । प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने छ ।

अहिले देशभर बदली भइरहेको र थुप्रै स्थानमा पानी परिरहेको महाशाखाले जनकारी दिएको छ ।

भोलि देशभर बदली रही पहाडी भू-भागका केही स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

त्यस्तै सोमबार देशभर बदली हुने तथा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित पानि पर्ने छ । बागमती र प्रदेशका १ का केही स्थानमा भारी वर्षा हुने महाशाखाको पुर्वानुमान छ ।

सम्बन्धित् समाचार