गृहपृष्ठ खबर प्रधानमन्त्रीको कदमको विरोधमा बुटवलमा बयलगाडा प्रदर्शन

प्रधानमन्त्रीको कदमको विरोधमा बुटवलमा बयलगाडा प्रदर्शन

बुटवलमा नेपाली कांग्रेसका विद्यार्थी नेताले बलयगाढामा चढेर सकारको विरोध गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्री तस्वीरसहित बयलगाढामा चढेर उनीहरूले सरकारको विरोध गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा गणतन्त्र आउनु बयलगाढा चढेर अमेरिका गएजस्तै हो भनी दिएको टिप्पणीलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गर्दै बयलगाढामा चढेर विरोध गरिएको नेविसंघका नेता सुदीप शर्माले बताए ।

उनले संविधान विपरीत काम गर्ने प्रधानमन्त्री र उनलाई साथ दिने राष्ट्रपतिले कोरोना महामारीका बीचमा समेत नागरिकको स्वास्थ्यभन्दा राजनीतिक खिचातानीलाई प्राथमिकता दिई जनताको हित विपरीत काम गरेको भन्दै नागरिकको मन जित्न नसक्ने सरकार नचाहिने बताए ।

उनीहरूले प्रदर्शनसँगै प्रधानमन्त्री र राष्ट्रपतिको राजीनामासमेत माग गरेका थिए । प्रदर्शनमा शर्मासँगै मनिष श्रेष्ठ, सुजु घले, नारायण पोखरेल, अमृत भण्डारी, सुमन गुरुङ, लक्ष्मण न्यौपाने, सुन्दर अर्याल, सृजना गरी, सागर घिमिरे, दीपक घिमिरे, सुरज श्रेष्ठ लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार