कपिलवस्तु : कपिलवस्तुमा आज विहिबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुअनुसार थप ३३ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ७२९ पुगेको छ ।
विहिवार आज थप १ जनाको ज्यान गएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८१ पुगेको छ । पछिल्लो समय जिल्लामा कोरोना संक्रमण तथा मृत्युदरमा कमी आएको कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।








