वैखरी अनलाइन
मधेस मानव अधिकार गृह (माहुरी होम) कपिलवस्तुले जिल्लाको बिभिन्न स्थानमा हेन्डवास स्टेशन बितरण गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरका बिच खुट्टाले थिचेर हात धुन मिल्ने हेन्डवास स्टेशन जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र साथी महिला आश्रय गृह तौलिहवामा हस्तान्तरण गरिएको हो । एक कार्यक्रमका बिच कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले जिल्ला प्रहरी कार्यालय प्रवेशद्वार र साथी महिला आश्रय गृहमा जोडिएको हेन्डवास स्टेशनमा हात धोएर हस्तान्तरण कार्य शुरु गरे । संस्थाले तौलिहवाको दुई स्थान सगै कृष्णनगरमा रहेको होल्डिङ्ग सेन्टर र मर्यादपुरमा रहेको निगरानी केन्द्रमा समेत जडान हेन्डवास स्टेशन जडान गर्ने योजना रहेको छ । कोरोना महामारीको संक्रमणको दर न्युनिकरण गर्ने उद्धेश्यका साथ कार्यालयमा आउने सेवाग्राहीहरुलाई हात धुन सहजताका लागी प्रोटेवल हेन्डवास स्टेशन सहयोगी हुने नगर प्रमुख किरण सिंहले बताए ।
संस्थाको सहज परियोजना अन्र्तगत कपिलवस्तु जिल्ला सगै रुपन्देही, नवलपरासी र बाके जिल्लामा रहेका आश्रय गृह र होल्डिङ्ग सेन्टर गरि १० स्थानमा खुट्टाले थिचेर हात धुन मिल्ने हेन्डवास स्टेशन जडानको योजना रहेको माहुरी होमका अध्यक्ष रवि ठाकुरले जानकारी दिए । “हाम्रो पहलमा शुरु गरिएको साझा प्रयास अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालयको जवान मेस, कपिलवस्तु बहुमुखी क्याम्पस सहितका थप १० स्थानमा समेत हेन्डवास स्टेशन हस्तान्तरण गर्ने योजनामा छौं ।” ठाकुरले भने ।








