गृहपृष्ठ खबर ओलीको अपिलबारे छलफल गर्न खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

ओलीको अपिलबारे छलफल गर्न खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

प्रकाशित मिति:

नेकपा (एमाले) खनाल-नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ । अध्यक्ष केपी ओलीले हिजो पार्टी एकताका लागि आह्वान गरेपछि खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूले त्यसबारेमा छलफल गर्न लागेका हुन् ।

ओलीको अपिलबारे स्थायी कमिटी सदस्यहरूले आज भर्चुअल रूपमा छलफल गर्ने तय भए पनि समय भने यकिन भइसकेको छैन ।

हिजो एक वक्तव्य जारी गर्दै ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा ओलीले आफू २०७५ जेठ २ को अवस्थामा फर्कन तयार रहेको बताएका छन् ।

A+AA

ओलीको उक्त प्रस्तावपछि खनाल-नेपाल समूहका नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् । कतियले यसलाई झुक्याउने प्रयत्न भनेका छन् भने केहीले एकताका लागि भइरहेका अनौपचारिक पहलको प्रभावका रुपमा लिएका छन् ।

त्यसबारेमा आधिकारिक धारणा तय गर्नका लागि खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

सम्बन्धित् समाचार