गृहपृष्ठ खबर बिपि स्टडी युथ सर्कल कपिलवस्तुद्धारा मास्क वितरण

बिपि स्टडी युथ सर्कल कपिलवस्तुद्धारा मास्क वितरण

प्रकाशित मिति:

कपिलवस्तु : कोरोना भाईरसको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले बि पि स्टडी युथ सर्कल कपिलवस्तुले प्रभावकारी काम गर्दै आएको छ । सोहि क्रममा आईतबार कोभिड १९ को रोकथामका मास्क वितरण गरिएको छ । कपिलवस्तुको चार नम्बर जितपुर चोकमा आवतजावत गर्ने स्थानीय तथा सुरक्षाकर्मीलाई मास्क प्रदान गरिएको सर्कलका सभापति सुशान्त पोख्रेलले बताएका छन् ।

मौसमको प्रतिकुलता पनि जितपुर चोकमा हिड्ने सर्वसाधारणलाई मास्क वितरण गर्दै सचेत पनि गराईएको सर्कलका जिल्ला सदस्य समिर कडेंलले जानकारी दिएका छन् । गरिव, विपन्नहरुको साहारा बन्न वि।पि। स्टडि युथ सर्कल सदैव तयार रहने सर्कलका सभापति पोख्रेलले प्रतिवद्धता जनाएका छन् ।

चार नं जितपुर चोकबाट सुरु गरिएसंगै गोरुसिङ्गे, चन्द्रौटा लगायतका जिल्लाका विभिन्न स्थानमा उक्त सचेतना तथा मास्क वितरण गरिने जिल्ला सदस्य समिर कंडेलले जानकारि दिएका छन् । कार्यक्रममा सर्कलका जिल्ला सदस्य वासु पोख्रेल, दिपक घिमिरे, बिबेक पौडेल लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार