गृहपृष्ठ खबर संक्रमण रोकथामका लागि कपिलवस्तुमा स्वास्थ्य सामाग्री

संक्रमण रोकथामका लागि कपिलवस्तुमा स्वास्थ्य सामाग्री

 

कपिलवस्तु, १ असार
कोभिड–१९ को संक्रमण रोकथामका लागी जिल्लाका बिभिन्न स्थानका स्वास्थ्इ संस्था, होम आईसोलेशनमा रहेका लक्षित समुह र अन्य स्थानमा स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरिएको छ । कालिका स्वावलम्बन सामाजिक केन्द्रले शिवराज नगरपालिकामा रहेको आधारभुत स्वास्थ्य सेवा अस्पताललाई १ थान १० लि. क्षमताको अक्सिजन कन्सनट्रेटर , मेडिकल अक्क्सिजन रेगुलेटर हस्तान्तरण गरेको छ । आधारभुत स्वास्थ्य परियोजना अन्तरगत फेयरमेड फाउण्डेसन नेपालको आर्थिक सहयोगमा कालिकाले सो सामाग्रीहरु हस्तान्तरण गरेको हो । कालिकाका कार्यकारी निर्देशक अर्जुन थापा र फेयरमेड फाउण्डेसन नेपालका परियोजना संयोजक शशि कुमार लाल कर्णले नगर उपप्रमुख शिव कुमारी थारु एवं स्वास्थ्य शाखा संयोजक चुडामणी भट्टराईको उपस्थितिमा नगर प्रमुख नेत्रराज अधिकारीलाई संयुक्त रुपमा हस्तान्तरण गरे । सो अवसरमा रिजर्भेयर ब्याग मास्क १०÷१० सेट साथै सर्जिकल मास्क सहित स्वास्थ्य सामाग्री समेत दिईएको थियो । नगर प्रमुख नेत्रराज अधिकारीले सो सामाग्री ग्रहण गर्दै कोरोना कहर र बन्दा बन्दीको बिषम परिस्थितिका बिच सहयोग सहकार्यका लागी परियोजना र संस्थालाइ धन्यवाद ब्यक्त गरे ।

त्यसैगरी होम आईसोलेसनमा रहेका जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी होम आइसोलेसन किट वितरण गरिएको छ । घरमै रहदा अपनाउनु पर्ने सुरक्षा सतर्कतालाई ध्यानमा राखी नेपाल सरकारको मापदण्ड अनुसारको पल्स अक्सिमिटर, डिजिटल थर्मोमिटर,मास्क,स्यानिटाईजर, ग्लभ्स र अत्यावश्यक औषधि सहितको किट समेत बितरण गरिएको छ । हाल सम्म ३७ जनालाई बितरीत किट स्थानिय स्वास्थ्य शाखाको सिआइसिटी टिम मार्फत सम्बन्धित स्वास्थ्य संस्थाको स्वास्थ्यकर्मीको निगरानीमा परियोजनाले सहकार्य गरी वितरण गरीएको परियोजना अधिकृत निशान गुरुङ्गले जानकारी दिए । यस अघि कपिलवस्तु अस्पताल तौलिहवाका लागी अक्सिजन सिलिण्डर सहित जिल्लाको १० वटै स्थानिय तहमा अटोमेटिक स्प्रे ट्याङ्की, सोडियम हाइपो क्लोराइड, मास्क, ग्लब्स, साथै पल्स अक्सिमिटर जस्ता अति आवास्यकिय स्वास्थ्य सामाग्रीहरु वितरण गरेको कालिकाका निर्देशक अर्जुन थापाले प्रष्ट्याए । “ होम आईशोलेशनमा रहेका गर्भवती महिला, सुत्केरी महिला, जेष्ठ नागरिक र अति बिपन्नका लागी आगामी दिनमा पनि होम आईशोलेशन किट बितरणलाई निरन्तरता दिने छौं । ” निर्देशक थापाले भने ।

सम्बन्धित् समाचार