गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको निति तथा कार्यक्रम सार्वजकि (पुर्ण पाठसहित)

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको निति तथा कार्यक्रम सार्वजकि (पुर्ण पाठसहित)

वैखरी अनलाइन

कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिकाले आज एक कार्यक्रमकाबिच निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुद्धभुमी नगरपालिका अस्पताल निमार्ण, कोरोना नियन्त्रण तथा रोकथाम, तथा अधुरा योजनालाई पुरा गर्ने गरी प्राथमिकता दिई निति तथा कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले बताए ।

बुद्धभुमी नगरपालिका भित्र रहेको अति बिपन्न परिवारका जेहेन्दार छात्रालाई उच्च शिक्षाको पहुचँमा पु¥याउन समेत निति तथा कार्यक्रमले प्राथमिकता दिएको मेयर श्रेष्ठले बताए ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले नगरलाई पर्यटकीय क्षेत्रको हवका रुपमा समेत बिकास गर्ने गरि निति तथा कार्यक्रम ल्याइएको बताएका छन ।

यस्तो बुद्धभुमी नगरपालिकाको निति तथा कार्यक्रमको पुर्णपाठ

आ।व। २०७८र०७९ का लागि बुद्धभूमि नगरपालिकाको नीति तथा कार्यक्रम
१। विश्व नै कोभिड(१९ ९कोरोना भाइरस० महामारीको दोस्रो लहरको चपेटामा परिरहेको तथा सम्भावित तेस्रो लहरको प्रभावहरू पनि आउने भन्ने चुनौतिपूर्ण र असहज अवस्थाका बाबजुद आज यस बुद्धभूमि नगरपालिकाको स्थानीय सरकारको हैसियतबाट यस गरिमामय नवौं नगरसभा बैठक समक्ष आर्थिक वर्ष २०७८र०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउदा गौरवको अनुभूति गरेको छु ।

२। नेपालको सार्वभौमसत्ता, स्वाधिनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान, लोकतन्त्र र जनजीविकाका लागि भएका विभिन्न आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सर्म्पूण ज्ञात, अज्ञात शहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

३। कोभिड(१९ दोस्रो लहरले र त्यसको दुष्प्रभावले महामारीका कारण मानव जातिमाथि शताब्दीकै सबैभन्दा ठूलो संकट पैदा भएको छ । यस महामारी विरूद्ध लड्न मौजुदा स्वास्थ्य सेवा र सुविधाहरू अपर्याप्त देखिएको छ । यस महामारीबाट हजारौ नेपालीहरूको ज्यान गइसकेको छ, लाखौं संङक्रमित छन् । यस महामारीबाट संङक्रमित भर्इ जीवन गुमाउनुहुने नागरिकहरूका शोकाकुल परिवारजन प्रति गहिरो समवेदना व्यक्त गर्दछु । उपचाररत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । कोभिडको दुष्प्रभावले हाल सम्म बुद्धभूमिबासी ३२ जनाले ज्यान गुमाउनु भएको छ । उहाहरू प्रति शोक व्यक्त गर्दछौ ।

४। जोखिमपूर्ण परिस्थितमा अग्रपंङक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक लगायत सम्पूर्ण राष्ट्रसेवकको म उच्च प्रशंसा गर्दछु । वस्तुगत सहायता उपलब्ध गराउनु हुने सबै व्यक्ति तथा संघ, संस्थालार्इ धन्यवाद दिन चाहान्छु ।

५। महामारी रोकथाम, नियन्त्रण र व्यवस्थापन कार्यमा योगदान पुर्याछउनु हुने जनप्रतिनिधि, राजनीतिक दल, निजी तथा व्यवसायिक क्षेत्र, सञ्चार जगत र प्रकोप व्यवस्थापन कोषमा वस्तुगत सहयोग उपलब्ध गराउने सबैलार्इ धन्यवाद दिन चाहान्छु ।

६। नेपालको संविधानले दिएको अधिकार भित्र रही बुद्धभूमि नगरपालिकालार्इ स्थानीय सरकारको रूपमा क्रियाशिल बनाउँदै आर्थिक, सामाजिक विकास, सार्वजनिक सेवा प्रवाह, भ्रष्टाचार, अनियमिता नियन्त्रण र सुशासन प्रवर्द्धनको उच्च प्राथामिकता र संविधानको भावना अनुरूप स्थानीय तहका ऐन, नियम, विनियम, कार्यबिधि निर्माण गर्ने र नगरको आर्थिक समृद्धिलार्इ उच्च प्राथमिकतामा राखी विकास र सुशासनका कार्यक्रमहरूको सुप्रबन्ध गरिनेछ ।

७। हाम्रा अगाडि तत्काल नगरी नहुने कामहरू धेरै छन् । ती सबैलार्इ आवश्यकता, औचित्यता प्राथमिकीकरण र हाम्रो सार्मथ्य बीच सन्तुलन गरी पुरा गर्दै जानु छ । हाम्रा सामु अल्पकालिन, मध्यकालिन र दीर्घकालिन अभिभाराहरू छन् । यी र यस्ता विषयहरूलार्इ सिलसिलेवार सम्बोधन गर्न तथा प्राथमिकता निर्धारण गर्न आवधिक योजना तर्जुमा यसै आर्थिक वर्षमा तयारी गरी कार्यान्वयनमा ल्याउने छ ।

८। आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम निर्माणको क्रममा नेपालको संविधानमा भएको व्यवस्थाहरू तथा संविधानको अनुसूची ८ र ९ अनुसारका एकल अधिकार र साझा अधिकारका सूचीहरूमा भएका व्यवस्थाहरू, पन्ध्रौ योजना, दिगो विकासका लक्ष्यहरू, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अर्थ मन्त्रालयबाट प्राप्त मार्गदर्शन, संघीय मन्त्रालयहरूबाट समय समयमा जारी भएका मार्गदर्शनका साथै स्थानीय तहसँग सम्बन्धित कानूनहरूको दिशा निर्देशनलार्इ मध्यनजर गर्दै विषम अवस्था राजनीतिक संयन्त्रबाट प्राप्त भएका अनौपचारिक रूपमा प्राप्त सुझावहरू, समितिहरूबाट प्राप्त सुझावहरू, वस्तीरटोल तथा वडा भेलाहरूबाट प्राप्त भएका सुझावहरू र सार्वजनिक अपिलबाट प्राप्त सुझावहरू समेतलार्इ मध्यनजर गर्दै नगरवासीहरूले समय समयमा दिनुभएको राय सुझावहरू समेटी यो नीति कार्यक्रम बजेट निर्माणका लागि आधारशिलाको रूपमा लिएको छु ।

९। गर्नुपर्ने कामको फेरिस्त लामो छ हाम्रो पदावधि घटदै छ तथापि हाम्रो स्रोत, साधन र सार्मथ्यले जे भ्याउछ सो कार्यहरू प्राथमिकीकरण गरि गर्ने हाम्रो दायित्व हो । ऋइख्क्ष्म् ज्ञढ को विषम परिस्थितिमा हाम्रो स्वास्थ्य प्रणालीमा आमूल परिवर्तन, वैदेशिक रोजगारीबाट फर्किएका दाजुभार्इहरूलार्इ प्रत्यक्ष रूपमा सम्बोधन गर्न कार्यक्रम निर्माण, सडक सञ्जालहरूको स्तरोन्नति र राज्यको नजरमा कम प्राथमिकता परेका विषयहरू उत्पादनमा आधारित अनुदान, एकल महिला, ज्येष्ठ नागरिकको आत्मसम्मान, विपद् तयारी तथा प्रतिकार्य, छात्रा छात्रवृत्ति, स्वास्थ्य पूर्वाधार निर्माण मर्मत तथा प्रविधिमैत्री बनाउनुका अलावा वडा कार्यालयबाट प्रवाह हुने सेवालार्इ जनमैत्रीर प्रविधिमैत्री बनाउने जस्ता विषयहरूलार्इ यथोचित सम्बोधन गर्ने प्रयत्न स्वरूप समेटने प्रयास गरिएको छ ।

प्रस्तुत नीति, कार्यक्रम तथा बजेटका उद्देश्यहरूः


गुणस्तरीय आर्थिक, सामाजिक, भौतिक पूर्वाधारहरूको निर्माणद्बारा समृद्ध बुद्धभूमि र बुद्धभूमि वासी रहने छ ।
उत्पादकत्व अभिवृद्धि र सोका लागि प्रेरणा,
विपदको सम्बोधन र स्वास्थ्य क्षेत्रको सुधार
एकल महिला, जेष्ठ नागरिक, सुत्केरी पोषण
अधुरा र आ।ब। २०७८र०७९को विषमताको कारणले बाँकी रहेका योजनाहरू पुरा गर्ने ।
सुशासन अभिवृद्धि र स्थानीय सरकारको गाह्रयता र स्वीकार्यतामा बढोतरी,

प्रस्तुत नीति, कार्यक्रम तथा बजेटका प्राथामिकताहरूः

अधुरा योजनाहरू पुरा गर्न उच्चतम जोड,
सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारहरू निमार्ण सँगै गुणस्तरीयता वृद्धि,
कृषिरपशु विकासको आधुनिकीकरण, व्यवसायिकरण र बजारीकरण
विपद सम्बोधन र स्वास्थ्य क्षेत्र, वडा कार्यालयको सेवा प्रवाह जनमैत्री , प्रविधिमैत्री बनाउने ।
आत्मनिभर र उद्यमशील जनशक्ति निमार्ण,
सेवा प्रवाहको गुणस्तरीयता र गार्ह्रयता अभिवृद्धि
शान्त, सुखी र समृद्ध नगर र नगरबासी,

आ।व। २०७८र०७९ को नीतिगत स्थितिको संक्षिप्त समिक्षा
 अत्यावश्यक कानूनहरूको तर्जुमा भएको ।
 कार्यविधिहरूको निर्माणले कार्य सरलीकरण भएको ।
 नगरस्तरीय साना, मझौला योजनाहरूको आशिक सम्बोधन भएको ।
 ऋयखष्म(ज्ञढ को अवस्थामा पनि पूर्वाधारजन्य र सामाजिक र आर्थिक क्षेत्रका कार्यक्रमहरू सन्तोषजनक रूपमा सञ्चालनमा रहेका,
 विषम अवस्थाका बाबजुद पनि आन्तरिक राजस्व लक्ष्य नजिक प्राप्त भएको ।
 नेतृत्वको सुझबुझ, कर्मचारीको हार्दिकताले नीति कार्यक्रम कार्यान्वयन सन्तोषजनक भएको समिक्षा रहेको
 आकस्मिक विपद्लार्इ जनप्रतिनिधिको सक्रियताले सहज रूपमा व्यवस्थापन गरी सन्तोषजनक प्रतिक्रिया प्राप्त भएको ।
 प्रशासनिक रूपमा पनि नीतिगत, कार्यक्रमिक सन्तुलन र ल्याउन सम्भव भएको ।
 सामाजिक क्षेत्रका योजनाहरू आंशिक रूपमा स्थगन गर्नु परेको ।
 कार्यविधि मापदण्ड निर्माण अपेक्षित रूपमा भएको ।
 नगरपालिका र वडाको गतिमा उचित संयोजन गर्न अझै पनि पूर्णरूपमा गर्न नसकिएको ।
 वढदो सञ्चालनगत खर्चले असहज बनाएको ।
 सुशासन र सेवाप्रवाहमा अब्बल हुन नसकिएको ।
 स्व।मूल्याकनबाट मध्यमस्तर कायम रहेको देखिन आएको ।
 अत्यावश्यक पूर्वाधारहरू जग्गा प्राप्ति लगायतका कारणले पुरा गर्न नसिकएको, जनसन्तुष्टिस्तर मापन गर्न जरूरी देखिएको ।
 जनताको सन्तुष्टि स्तरमा व्यापक सुधार गर्न नसिकएको, तथापि निरासा हुनुपर्ने अवस्था नरहेको, पूर्वाधारजन्य संरचना निर्माणमा अपेक्षित गति रहेको,
 संघीय रप्रादेशिक राज्य संरचनाहरूबाट सोचे अनुरूप सहयोग, साथ, सर्मथन प्राप्त नहुँदा संस्थागतर पूर्वाधारजन्य गुणात्मक फड्को मार्न नसिकएको ।

नगरसभा सदस्यज्यूहरूः
अब म क्षेत्रगत रूपमा आगामी आ।व। २०७८र०७९ का नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
भौतिक पूर्वाधार विकास क्षेत्रः
ूभौतिक पूर्वाधार(समृद्धिको आधारू
१। योजनाहरूको दिगोपनास् नगरपालिका क्षेत्रभित्र निर्माणधिन भौतिक योजनाहरू दिगो, व्यवस्थित र दीर्घकालीन एवं वातावरण मैत्री विकासका लागि नगरस्तरीय आवधिक योजना निर्माण गरी पूर्वाधार निर्माणका कार्यलार्इ गुणस्तरीय र दिगो रूपमा लगिनेछ ।

२। रणनीतिक सडक तथा चक्रपथको बाँकी खण्डको निरन्तरताः यस नगरपालिको मुख्य सडक मध्येको टिक्कर(बुडढी(विजगौरी हुलाकी सडक २ लेनमा विस्तारकोलागि बजेटको सुनिश्चिता भएकोले यसै आ।ब। मा निर्माण कार्य गरिनेछ । नगर चक्रपथको बाँकी कामलार्इ निरन्तरता दिइनेछ र क्रमागत अधुरा सडक योजनाहरूलार्इ प्राथमिकता राखी कार्यान्वयन गरिनेछ । नगर चक्रपथमा पर्ने ठूला पक्की पुलको लागि सहलगानी कार्यक्रममा प्रस्तावित गरिएको हुँदा उक्त पुलको म्एच्गरिनेछ ।

३। घर नक्सा पास तथा अभिलेखीकरणः घर नक्सा पासलार्इ वडाको केन्द्र आसपास चारकिल्ला तोकी तथा बजार क्षेत्रलार्इ अनिवार्य गर्ने र क्रमशः गाउँ घरको समेत घरनक्सा पासलार्इ समेत अनिवार्य गरिनेछ । नक्सा पास तथा अभिलेखीकरण सबै खालका सडकको चौडार्इ तथा च्ष्नजत या धबथ यकिन गरी सार्वजनिक गरिनेछ । अभिलेखीकरणलार्इ शर्त सहित र अवधि तोकिने छ ।

४। लागत साझेदारीःनगरको लगानीलार्इ कम तथा जनताको अपनत्व र उत्साहलार्इ कायम र बढोतरी गर्न ५०स्५०, ६०स्४०, ७०स्३० का कार्यक्रमहरूका लागि नीति कार्यक्रममा समावेश गर्ने र १५ दिने सूचना आह्वान गरी प्रस्ताव माग गरी उत्कृष्ट प्रस्ताव छनौट गरी कार्यक्रम सञ्चालन गरिनेछ ।

५। सिचार्इ प्रणालीको सुधार विस्तारःबुद्धभूमि नगरपालिकालार्इ कृषिमा आत्मनिर्भर र खाद्यान्नको निकासी मार्फत आयस्तरमा सुधार गर्ने प्रमुख अभिष्टका साथ सिंचार्इ प्रणालीको सुधार, विस्तार र सुदृढीकरणको लागि बजेट व्यवस्था गरिएको छ । साथै सिचार्इमा नवीकरणीय उर्जा प्रणालीको उपयोग गरिनेछ ।

६। मर्मत सम्भार कोषः चालु आ।व। मा सञ्चालित तथा अघिल्ला आ।व। हरूमा सञ्चालित योजनाहरूको मर्मत, सम्भार, व्यवस्थापनका लागि पारित कार्यविधि अनुरूप कोष सञ्चालन गरिने छ । साथै चालु आ।व। मा सञ्चालित योजनाहरूबाट ०।५५ रकम कट्टा गरी उक्तकोषमा राखिने छ र साउनदेखि कार्तिक सम्म प्राकृतिक प्रकोपका कारणले बिग्रेरभत्केका संरचनाको मर्मत गरिनेछ ।

७। योजनाको खण्डीकरण रोक्ने सम्बन्धमाः कुल पूँजीगत बजेटमा ५ लाख भन्दा कम लागतका योजनाले ओगटेको हिस्सा ५० देखि ३०५ रहेकोमा त्यस्ता योजनाको संख्या ३०५ भन्दा कममा सिमित गरिनेछ ।

८। उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजना सरलीकरण सम्बन्धमाः उपभोक्ता समिति मार्फत सञ्चालन हुने ७ लाख सम्मको निमार्णको हकमा चभबमथ(mष्ह प्रयोग गर्न वाध्य नबनाउने तर ७ लाख भन्दा बढीको हकमा चभबमथ(mष्ह प्रयोग गर्ने गराउने व्यवस्थाको निरन्तरता रहने छ ।

९। स(साना प्रकृतिका योजनाको सम्झौता सम्बन्धमाः २ लाख सम्मको योजनाहरु सम्झौता वडा कार्यालयवाट गर्नेरगराउने व्यवस्था मिलाउनका साथै अधुरा योजनाहरू पुरा गर्न उच्च प्राथमिकता दिइनेछ । यसरी योजना सञ्चालन गर्दा अपनत्वको श्रृजना, क्षमता विकास र प्रभावकारिता रहेनछ भन्ने अपेक्षा गर्दछु । उक्त कार्यलार्इ थप सरलीकृत गरिनेछ ।

१०। योजना सञ्चालन सम्बन्धमाः२५ लाख भन्दा माथिका सकभर सबै खालका योजनाहरूको भ्(द्यष्म गरिनेछ । आवश्यकता औचित्यताको आधारमा सो भन्दा कमका योजनाहरू पनि भ्(द्यष्म गराउने प्रत्यन्न रहने छ । सडक पिच गर्ने, सरकारी भवन निर्माण गर्ने, सामाग्री खरिद गर्ने प्रकृतिका योजनाहरू उपभोक्ता समितिबाट नगराउने प्रबन्ध अनिवार्य रूपमा लागूगर्ने नीतिको निरन्तरता रहनेछ ।

११। आ।व। २०७७र७८ बाट सरी आएका र ठुला योजना सम्बन्धमाः वित्तीय समानीयकरण, राजश्व बाँडफाँड, आन्तरिक आम्दानी, अल्या लगायतका शीर्षकमा रहेका साथै ठेक्का प्रक्रियामा गर्इ सम्झौता भर्इसकेका आयोजना पुरा गर्न स्रोत सहित आ।व। २०७८र०७९ मा तीन महिना अवधि थप गरि उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने छ । साथै अधुरा योजना पुरा गर्न जोड दिइनेछ ।

१२। योजना सम्पन्न गर्ने समय सारणी सम्बन्धमाःसमयमै योजना सम्पन्न गर्न तथा गुणस्तरीयता अभिवृद्धि गर्न देहाय बमोजिमको समय सारणी पालना गर्न व्यवस्था मिलाइने छ ।

क० उपभोक्ता समिति मार्फत सञ्चालन हुने योजनाका लागि
क्र सं योजना तथा कार्यक्रम समयावधि
१ उपभोक्ता समिति गठन भदौ देखि कार्तिक मसान्त सम्म
२ योजनाहरुको लागत इस्टिमेट श्रावण देखि मंसिर मसान्त सम्म
३ उपभोक्ता समितिसँग योजना सम्झौता अश्विन देखि माघ मसान्त सम्म
४ योजना कार्यान्वयन प्रक्रिया भदौ देखि वैशाख मसान्त सम्म
५ अनुगमन कामको चरणमा
६ प्राविधिक मूल्याङ्कंन योजना सम्पन्न भएको ५ दिन भित्र पेश गर्ने
७ योजना फरफारक गर्ने बैशाख मसान्त सम्म
८ योजना तथा कार्यक्रमको अन्तिम भुक्तानी सम्पूर्ण कागजातरप्राविधिक मूल्याङ्कंन प्राप्त भएको ३ दिन भित्र
ख० प्रतिस्पार्धाको माध्यमद्बारा ठेक्का मार्फत सञ्चालन हुने योजनाको हकमाः ठेक्का मार्फत सञ्चालन हुने योजनाको गुणस्तरीयता, ग्रार्हयता र स्वीकार्यताका लागि देहाय बमोजिमको समय सारणी पालना गरिइनेछ ।
क्र सं योजना तथा कार्यक्रम समयावधि
१ योजनाहरुको लागत इस्टिमेट श्रावण देखि कार्तिक मसान्त सम्म
२ टेन्डर डकुमेन्ट कार्तिक मसान्त
३ ठेक्का सूचना निकाल्ने मंसिर १५ गते सम्म
४ प्राविधिक मूल्याङ्कंन योजना सम्पन्न भएको ५ दिन भित्र पेश गर्ने
५ योजना फरफारक गर्ने असार १५ सम्म
टेण्डरका कारणले बचत हुन आएमा औचित्यता र आवश्यकता भए पुनः टेण्डर गरिनेछ ।

१३। स्वास्थ्य चौकी निर्माणमा प्राथामिकताः जीर्ण स्वास्थ्य चौकी निर्माणलार्इ उच्च प्राथामिकता दिइनेछ । निर्माण तथा मर्मतका लागि जि।स।स।रप्रदेशरसंघ सँग समन्वय पहल गरिनेछ । मानपुर स्वास्थ्य चौकी निर्माण यसै आर्थिक वर्षमा गरिनेछ ।

१४। प्रोत्साहन योजना सम्बन्धमाः वडाभित्रको योजनाहरू चैत मसान्त भित्र सम्पन्न गर्ने वडाहरूलार्इ थप प्रोत्साहन गर्न प्रोत्साहन स्वरूप १० लाख सम्मको योजना दिइनेछ । सोका लागि बजेट व्यवस्था गरिनेछ ।

१५। सार्वजनिक निजी साझेदारीमा योजना सञ्चालनः सार्वजनिक निजी साझेदारी कानून अघिल्लो नगरसभाबाट पारित भैसकेकोले आवश्यक नियमावली, कार्यविधि समेत तर्जुमा गरी गैसस वा साझेदार संस्थासँगको सहकार्यमा १ मेगावाट सोलर प्लान स्थापनाको लागि पहल गरिनेछ ।

१६। वडा कार्यालहरू निर्माण तथा पूर्ननिर्माणः स्रोतको व्यवस्थापन गरी आधुनिक र सुविधा सम्पन्न वडा कार्यालय निर्माण गर्न शुरूवात गरिनेछ र तारबेरा लगायतका मर्मत कार्यहरू आवश्यकता अनुसार गरिनेछ ।

१७। सुरक्षित आवासस्खरको छानामुक्त अभियानलार्इ सार्थक रूपमा पुरा गर्न संघरप्रदेश सँग समन्वय गरिनेछ । खरको छाना मुक्त अभियानलार्इ निरन्तरता दिइनेछ ।

१८। सडक पुल तथा कल्भर्ट निर्माण तथा सडक गुरूयोजनाः नगरस्तरीय सडक खण्डमा पर्ने तथा अन्य रणनीतिक सडकहरूमा पर्ने पुलरकल्भर्ट निर्माणका लागि संघरप्रदेश सँग सह(लगानीका लागि रकम व्यवस्था गरिनेछ । साथै रणनीतिक सडक खण्डमा पर्ने महत्वपूर्ण पुलहरूको म्एच्गर्ने कार्य गरिनेछ । साथै आवश्यकता अनुसार झोलुङेगपुल निर्माणका लागि क्षेत्रीय कार्यालयसँग समन्वय गरिनेछ । रामलक्ष्मण ताल, वृजा ताल, वडा नं। १० को वडा कार्यालय देखि ९एसियाको दोस्रो ठूलो रूख० बहडिलहवा थान सम्म जाने सडक कालोपत्रे गर्न स्रोतको खोजी गरिनेछ । नगरस्तरीय सडक गुरूयोजना तयार गरी सडक निर्माणको प्राथमिकीकरण, मापदण्ड तर्जुमा गरी वृहद छलफल पछि लागू गरिनेछ ।

सामाजिक विकास क्षेत्रः ९स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफार्इ र अन्य०
१९। सुत्केरी पोषणःसुत्केरी पोषण कार्यक्रम सञ्चालन गर्न खाका तयार गरी संस्थागत गरिनेछ । र नगरपालिकाबाट नियमित बजेट व्यवस्था समेत गरिनेछ ।
२०। असाध्य रोग सहायताः असाध्य रोगमा भनि नेपाल सरकारले १ लाख प्रदान गर्ने खालका रोगीहरूको पोषण सहायता स्वरूप कार्यविधि निर्माण गरी सहयोग गर्न बजेट व्यवस्था गरिएको छ ।

२१। पालिका स्तरीय अस्पताल निर्माणस्यस नगरपालिका क्षेत्र भित्र सुविधा सम्पन्न प्राथामिक स्वास्थ्य केन्द्र नरहेको, कुनै हस्पिटल नरहेको, निजीस्तरमा सुविधा सम्पन्न नर्सिङ्ग होम, पोलिक्लिनिक उपलब्ध नभएको हुँदा पालिका स्तरीय अस्पताल निर्माणको म्एच् ँष्लबचिरणमा भएकोले संघीय सरकारको नीति अनुरूप ९साउन भरमा० सूचना प्रकाशन गरी कार्य अगाडी बढाउने छ ।

२२। आँखा शिविर, रक्तदान शिविर, पूर्ण खोप दिगोपन, पाठेघर जाँच जस्ता कार्यक्रमहरूको निरन्तरताःआँखा शिविर, रक्तदान शिविर, पूर्ण खोप दिगोपन, पाठेघर जाँच जस्ता कार्यक्रमहरूको निरन्तरता र प्रभावकारिता वृद्धि हुने गरी बजेट व्यवस्थापन गरिएको छ । साथै न।पा। मा १५र१५ दिनमा उपयुक्त स्थानमा आँखा जाँचको लागि छन्द९काले बाबु० आँखा अस्पतालसँग समझदारी गरिनेछ । उक्त अस्पताल सँग समझदारी गरी निःशुल्क वा आंशिक शुल्क लिर्इ बुद्धभूमिबासीको आँखाको अपरेसन गर्ने प्रबन्ध मिलार्इनेछ ।

२३। बालमैत्री नगरको आधारशीला सम्बन्धमाः बालमैत्री नगर बनाउनका लागि आधारशिला निर्माण गर्न आवश्यक वस्तुनिष्ठ दबकभष्लिभ कगचखभथ गैसस सँगको साझेदारीमा गरिनेछ । आगामी साथै आ।व। मा कुनै एक वडालार्इ ऋँीन् घोषणा गर्न मिल्ने गरी बजेट व्यवस्था गरिनेछ । साथै बालश्रम मुक्त नगर बनाउन गैसससँग साझेदारी कार्यक्रम गरिनेछ ।

२४। प्रकोप व्यवस्थापन कोषमा बजेट व्यवस्थाःविपद् व्यवस्थापन योजना यसै आ।व। मा बनि सक्ने हुँदा उक्त योजनाले औल्याएका क्षेत्रहरू पूर्व सावधानी उद्बार तथा पूर्नस्थापनामा खर्च गर्ने गरीप्रकोप व्यवस्थापन कोषमा यथेष्ट बजेट व्यवस्था गरिएको छ । तथा विपद् सम्बोधनका लागि समेत नगरस्तरीय तथा वडा स्तरीय विपद् व्यवस्थापन समितिलार्इ सक्रियता बनाइने छ । वडा स्तरीय विपद् कर्नरलार्इ सशक्त बनाइनेछ ।

२५। आयुर्वेद स्वास्थ्य प्रवर्द्धनः आयुर्वेद स्वास्थ्यको इकार्इ उपयुक्त स्थानमा खोल्न सम्बन्धित निकायहरूमा पहलकदमी लिइने छ ।
२६। आदिवासी रदलित तिर्थाटनः जनजातिर दलित ज्येष्ठ नागरिकहरूलार्इ तिर्थाटन ९लभभमथ दबकभ० गराइनेछ । सोका लागि बजेट व्यवस्था गरिएको छ ।

२७। छात्रवृत्ति सम्बन्धमाःथारूरमधेसीरअन्य अत्यन्त न्यून आर्थिक अवस्था भएका छात्रार छात्रहरूलार्इ प्राविधिक शिक्षा तर्फ ९एऋी० स्तरको अध्ययनका लागि छात्रवृत्तिका लागि कार्यविधि अनुरूप प्रत्येक वडा बाट १ जना गरी १० जनालार्इ ३ वर्ष सम्म अध्ययन शुल्क छात्रवृत्ति दिइने कार्यक्रम शुरू भएकोमा निरन्तरता रहनेछ ।

२८। एकल महिलाको हितः एकल महिलाहरूको व्यावसयिकता प्रवर्द्धनका लागि तालिम, पूँजी सहयोग गर्ने खालका कार्यक्रमको लागि कार्यविधि निर्माण गरी सञ्चालन गरिने छ । वडारनगरबाट प्रदान गर्ने । सुविधामा एकल घरमुली भएका घरमुलीलार्इ सुविधा र सेवामा प्राथमिकता दिइनेछ ।

२९। बालविवाह मुक्त नगरको (गउ कार्यक्रमः बालविवाह मुक्त नगर घोषणा भर्इ सकेकोले सो को निरन्तर अनुगमन, निगरानी तथा सचेतीकरणका कार्यक्रम सञ्चालन गरिनेछ ।

३०। लैङगिक हिंसा विरूद्धको अभियान नगरपालिकाूस् सबै खालका लैङ्गिक हिंसाको अन्त्यको लागि शुन्य सहनशिलताको नीति अवलम्बन गर्न कार्यविधि तर्जुमा भैसकेको र अप्ठयारो अवस्थामा परेका महिला बालबालिकालार्इ आपतकालिन सहयोग गरिने व्यवस्था मिलाइनेछ । उपमेयरको संयोजक्तवमा सामाजिक विकास शाखा प्रमुख र गैससको प्रतिनिधि सम्मिलित त्तगष्अप बअतष्यल तभबm लार्इ प्रभावकारी बनाइनेछ र कोषमा नगरपालिका र अन्य साझेदारबाट रकम व्यवस्थापन गर्न आह्वान गरिनेछ ।

३१। ऋबचचष्भच ऋयगलकभििष्लन सहित मेयररउपमेयररस्कक्षा ९र१० मा अध्ययरतबालबालिकाहरूको जिज्ञासा, चासोलार्इ अध्ययनको क्षेत्र यकिन गर्न अन्तरक्रियात्मक कार्यक्रम मेयर र उपमेयर सहित अबचचष्भच अयगलकभििष्लन सबै मा।वि। मा सञ्चालन गरिनेछ ।

३२। सुचक सहितको कार्यसम्पादन सम्झौताःविद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सुचक सहितको कार्यसम्पादन सम्झौता, वस्तुनिष्ट र व्यवहारिक बनार्इ प्रयोगमा ल्याइनेछ । साथै कार्यसम्पादन सम्झौता नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतले शाखारवडा सचिवहरू सँग गर्ने व्यवस्था मिलाइनेछ ।

३३। मदरसा शिक्षाको मुल प्रवाहीकरणःमदरसा शिक्षाको मुल प्रवाहीकरण सघाउ पुर्या उन मदरसाहरूको शैक्षिक तथा पूर्वाधार विकासमा जोड दिइनेछ ।
३४। शिक्षण सिकार्इ अनुदानः न्यून दरबन्दी भएका विद्यालयहरूमा शिक्षण सिकार्इ अनुदानको व्यवस्थालार्इ निरन्तरता दिन जरूरी देखिएकोले खार्इपार्इ आएको सुविधामा थप वृद्धि गरी बजेट व्यवस्था गरिएको छ ।
३५। नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप खेलकोको निरन्तरताः युवाहरूलार्इ खेलप्रति अभिप्रेरणा जगाउन साथै आफ्नो प्रतिभालार्इ प्रर्दशन गर्ने अवसरको रूपमा लिनका लागि युवाहरूको मनोवल वृद्धिका लागि साथै नगरपालिकाको पहिचान कायम गर्न विगत देखि सञ्चालन गर्दै आइरहेको रनिङशिल्ड तथा मेयरकप, व्याडमिन्टन, डोरी तान, उसु खेलको निरन्तरता दिइने छ साथै खेल मैदानरकर्भडहल निर्माण र खेल सामाग्री सहयोग स्वरूप उपलब्ध गराइनेछ ।

३६। खानेपानी तथा सरसफार्इः नगरपालिका क्षेत्रभित्र खानेपानी योजना विस्तार तथा दीर्घकालिन उपयोगलार्इ प्राथिमकता दिर्इ संघीय सरकाररप्रदेश सरकारको सहयोग र समन्वयमा अधुरा खानेपानी योजनालार्इ सम्पन्न गरी सञ्चालनमा ल्याउने, पुरानो खानेपानी प्रणालीको पुनस्थपाना तथा मर्मत सम्भार गर्ने नयाँ योजनाहरूको म्एच्तयार गरी आन्तरिक तथा वाह्य सहयोग जुटार्इ नगरबासीलार्इ स्वच्छ खानेपानीको व्यवस्था मिलाइने छ । साना शहरी विकास कार्यक्रम अन्तर्गत गोरूसिगें खानेपानी आयोजनाको लागि बजेट व्यवस्थापन भएको हुँदा उक्त योजनामा उपभोक्ताबाट लगानी गर्नुपर्ने ५५ रकम मध्ये ३५ यस नगरपालिकाले व्यहोर्ने गरी सम्झौता भएकोले उक्त योजना निर्माण कार्य संचालन भए पश्चात रकम उपलब्ध गराउनु पर्ने हुँदा सो को स्रोत सुनिश्चितता गरिएको छ । फोहोरमैला व्यवस्थापनको लागि अस्थार्इ डम्पिङ साइडको थप व्यवस्थापन गरिनेछ, गोरूसिङगें चोक र हनुमानचोकमा रहेका सार्वजनिक शौचालय संचालनको जिम्मा समुदायमा दिइनेछ ।

३७। पञ्जीकरण व्यवस्थापन सम्बन्धमाः सामाजिक सुरक्षा लगायत पञ्जीकरणलार्इ सशक्त, प्रभावी बनाउन सामाजिक सुरक्षा दर्ता सुढृदीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
३८। ुुविपन्न बालबालिकाको साथ नगरपालिकाुुस् गरिबरविपन्न बालबालिकाहरूको शैक्षिक र आधारभूत नैसर्गिक अधिकारको प्रवर्धनको लागि ल्भभमदबकभ को आधारमा पोशाक वितरण प्रवन्धलार्इ ुुविपन्न बालबालिकाको साथ नगरपालिकाुु भन्ने मान्यता अनुरूप विपन्न बालबालिकालार्इ पोशाक वितरणलार्इ थप प्रभावकारिताका साथ निरन्तरता दिइनेछ ।

३९। विद्यालयहरूको संरचनागतर व्यवहारगतरप्रविधिगत सुधारः संघीयरप्रादेशिक सरकारबाट प्राप्त हुने संरचनागतरप्रविधिगत सुधारलार्इ सही कार्यान्वयन र उपयोगी बनाउन नगरको आफ्नै बजेटबाट पनि संरचनागतरव्यवहारगतरप्रविधिगत सुधारको प्रवन्ध मिलाइनेछ । आधारभूत तहका विद्यालयहरूमा हालसम्म पनि एक थान कम्प्यूटर एक थान प्रिन्टर छैन त्यस्ता विद्यालयहरूलार्इ च्भअयचम पभभउष्लन, च्भउयचतष्लन प्रयोजनका लागि १ वटा कम्प्यूटर १ वटा प्रिन्टर उपलब्ध गराइनेछ । साथै विद्यालयहरूको अत्यावश्यक रूपमा गर्नुपर्ने मर्मत कार्य जस्तो खानेपानी मर्मत, छाना मर्मत, डेस्क बेन्च मर्मत, वाउण्डरी वाल मर्मत, विद्यालय परिसरमा गर्नै पर्ने मर्मत, भवनको अत्यावश्यक मर्मतका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।

४०। सडक तथा असहाय बालबालिकाको संरक्षकत्वरअभिभावकत्व सम्बन्धमाःसडक तथा असहाय बालबालिकाको संरक्षकत्वरअभिभावकत्वका लागि सम्बन्धित सरोकारवाला संस्था संग समन्वय सहकार्य गरिनेछ । बालश्रम मुक्त नगर बनाउन गैसससँग हातेमालो गरी कार्यक्रम कार्यान्वयन गरिनेछ ।
४१। शिक्षामा फरक क्षमताका व्यक्ति पहुँच स्थापितःफरक क्षमता भर्इ स्नातक तहमा अध्ययनरत ९पूर्ण अपाङ तथा अति अशक्त वर्गका० विद्यार्थीलार्इ पढार्इ सहजीकरणका लागि ५५ देखि ६० हजार सम्मको ल्यापटप खरिदमा ४०५ नगरपालिकाबाट सहयोग गर्ने नीति लिइनेछ । सोको लागि बजेट व्यवस्था गरेको छु ।

४२। भर्नादर तथा छोड्ने दरमा सुधार गर्न अभियान सञ्चालनःविद्यार्थी भर्नादरलार्इ ९०५ भन्दा माथि तथा छोडनेदर गत वर्षको तुलनामा ५०५ भन्दा कम गर्न अभियानत्मक कार्य सञ्चालन गरिनेछ ।

४३। स्वास्थ्य संस्थाहरूलार्इ प्राविधिमैत्री बनाउनेः स्वास्थ्य संस्थाहरूलार्इ अभिलेखीकरण, प्रतिवेदन र अन्य कार्यहरू व्यवस्थित बनाउन प्रविधिरच्भउयचतष्लन प्रणालीमा सुधाररअत्यावश्यक मर्मत तथा उपकरणहरू व्यवस्थापन क्रमशः गरिनेछ ।
४४। निर्मित संरचनाहरूको गुणस्तरीयता परीक्षणःगुणस्तरीयता परीक्षणका लागि सानो खालको आफ्नै ल्याब स्थापना गरिनेछ ।
४५। भूमिहिन सुकुम्बासी, अव्यवस्थित सुकुम्बासी सम्बन्धमाः भूमिहिन सुकुम्बासी, अव्यवस्थिति बसोबासी सम्बन्धी कार्यको नगरपालिकाले गर्नुपर्ने बाँकी काम शिघ्र पुरा गरिनेछ ।

 

आर्थिक विकास क्षेत्रः९कृषि, पशु सेवा, उद्योग, वाणिज्य, सहकारी, पर्यटन र अन्य०
४६। उत्पादनमा आधारित अनुदानको शुरूवातः अनुदानलार्इ वस्तुनिष्ट बनाउन माछारखसीबोका मध्ये कुनै एक तथा तरकारीरफलफुल मध्ये कुनै एकमा उत्पादनमा आधारित अनुदान कार्यक्रमको कार्यविधि निर्माण भएकोमा यस आ।ब। मा नमूनाको रूपमा शुरू गरिनेछ ।
४७। ूनयाँ उद्यमी वन्न चाहनेलार्इ व्यवसाय शुरूवात सहयोगूस् पसल सञ्चालन वा व्यवसाय सञ्चालन गर्न चाहने क्षेत्र तोकी ९जस्तै बेकरी, ब्लक, जुत्ता बनाउने, टपरी उद्योगका लागि कार्यविधि निर्माण गरी व्यवसाय सञ्चालन सहजीकरण सहयोगका ९बढीमा ५० हजारमा नबढने गरी० लागि प्रतिवडा १ जना हुने गरी सहयोग कार्यक्रम शुरू गरिनेछ ।
४८। कोसेली घरः बरकलपुरमा रहेको रैथाने प्रविधि र रैथाने कच्चा पदार्थको उपयोगद्बारा निर्मित ढकिया लगायत हस्त निर्मित सामाग्रीको बजारीकरणका लागि बिक्री कक्ष थप व्यवस्थित बनाइनेछ । उपयुक्त स्थानमा रैथाने वस्तुहरूको बिक्री प्रबन्ध हुनेगरी सहकारी सँग ःइग् गरिनेछ । हाटबजारको आधुनिकीकरण गरिनेछ ।

४९। तालहरूको संरक्षण र सौर्न्दयीकरणः बुडढी तालमा म्एच्अनुरूपका संरचनाहरू निर्माण गरी पर्यटकीय उपजका रूपमा विकास गरिनेछ । बुद्धवाटिका, हरिहरपुर ताल, रामलक्ष्मण तालको म्एच्तयार गरिनेछ ।

५०। कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणःकृषि पेशालार्इ व्यवसायिक बनाउन कृषि यन्त्रहरू ९मिनी ट्रिलर, कर्नसेलर, चापकट्टर ध्जभभदिबचचयधलगायतका ० मा ५०५ अनुदान उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
५१। फलफूलका विरूवा वितरणः नगरपालिका क्षेत्रभित्र फलफूल खेती विस्तारका लागि आँपरलिचीरकागती खेती गर्न इच्छुक कृषकहरूलार्इ अनुदानमा फलफुल विरूवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

५२। सिचार्इका लागि विद्युतीय मोटर तथा पम्पिङ्गसेटमा अनुदानः तालरतलैया रघोलारखोला तथा बोरिङ्गबाट सिचार्इका लागि विद्युतीय मोटर तथा पम्पिङ्गसेटमा अनुदान उपलब्ध गराउन बजेटको व्यवस्था गरिएको छ ।
५३। कृत्रिम गर्भाधानः पशुजन्य उत्पादन वृद्धि गर्न गार्इ भैसी तथा बाख्रामा कृत्रिम गर्भाधान कार्यक्रमलार्इ अझ बढी जोडका साथ निरन्तरता दिइनेछ ।
५४। व्यवसायिक पशु फार्म व्यवस्थापन प्रोत्साहनःव्यवसायिक पशु फार्म व्यवस्थापनका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउन बजेटको व्यवस्था गरिएको छ । साथै सम्बन्धित फर्म सम्म पुग्न सडक पहुँच सुधार गरिनेछ ।
५५। सहकारीहरूको प्रोफाइल तथा साझेदारीता सम्बन्धमाःनगरपालिका भित्रका सहकारीहरूको प्रोफाइल तयार गर्ने उत्कृष्ट कार्य गर्ने सहकारीहरूलार्इ प्रोत्साहन गर्ने, शिक्षा तथा स्वास्थ्य क्षेत्र समेतमा लगानी गर्न उत्पेरित गर्ने, औचित्यका आधारमा मर्जरमा जान प्रोत्साहन गर्ने तथा व्यवसायिकता प्रवर्दधनका लागि नगरपालिका सँग साझेदारी गर्ने गरी बजेट व्यवस्था गरिनेछ ।

५६। बजार अनुगमन सम्बन्धमाः नगरपालिकाको बजार अनुगमन कार्यविधिको समय सापेक्ष संशोधन गरी बजार अनुगमन शुरू भएकोमा बजारको शुद्धिकरण अभियान निरन्तरता रहनेछ ।

५७। बैदेशिक रोजगारीबाट फर्किएका युवाको अभिलेखीकरण तथा उद्यमशीलता प्रवर्द्धनः बैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलार्इ स्वरोजगार, आत्मनिर्भर तथा उद्यमशील बनाउन सीप विकास, पूँजी परिचालन तथा भ्हउयकभच का कार्यक्रमहरू निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ ।

५८। ूमेरो लगानी, मेरो नगर सुधारूस् नगरका पूर्वाधार निर्माणमा गुणस्तरीयता अभिवृद्धि, अपनत्व सिर्जना गर्न ५०र५०, ६०र४०, ७०र३० का कार्यक्रमहरू प्रतिस्पर्धाद्बारा सञ्चालन गर्न बजेटको व्यवस्थाको निरन्तरता रहनेछ ।
५९। शैक्षिक रणनीति अध्यावधिकद्बारा गुणस्तर सुधारः विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न पाँच वर्षे शैक्षिक रणनीति अध्यावधिक गरिनेछ ।

६०। बालविकास केन्द्रको आधुनिकीकरण तथा गुणस्तर अभिवृद्धिः बालविकास केन्द्रलार्इ बालमैत्री, उपयोगी र साधन स्रोत सम्पन्न बनाउन नगरपालिकाको बजेटमार्फत सम्बोधन गरिनेछ ।
६१। ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पराम्परागत प्रचलनहरूको संरक्षण, प्रवर्द्धन र बजारीकरणः यस नगरपालिका क्षेत्रभित्रका ऐतिहासिक, सांस्कृतिक, धार्मिक स्थलहरूको संरक्षण, उपयोग तथा बजारीकरणका अलावा पराम्परागत प्रचलनहरूको संरक्षण, प्रवर्दधन तथा बजारीकरणका साथै थारू संस्कृतिको संरक्षण तथा बजारीकरणको ठोस कार्यक्रम निर्माण गरी कार्यान्वयन गरिनेछ । धार्मिक, सांस्कृतिक स्थलको जानकारी दिने सूचना बोर्ड ठाउँ ठाउँमा राख्ने व्यवस्था मिलाइने छ ।
६२। अन्तराष्ट्रिय सहयोग, सहकार्य, समन्वय र सम्बन्ध विस्तार सम्बन्धमाःपालिकाको समग्र विकासलार्इ केन्द्रमा राखी राष्ट्रिय रअन्तराष्ट्रिय स्तरमा पालिकाहरू सँग भगिनी सम्बन्ध र सहकारी, गैरसरकारी संघ संस्था बीच संस्थागत सम्बन्ध विस्तार गर्ने कार्यको निरन्तरता रहनेछ ।

६३। तरकारी तथा उत्पादनको विशिष्टिकरण सम्बन्धमाः
ब। एक घर एक करेसाबारी तथा एक गाउँ एक उत्पादनमा जोड दिइनेछ । सोका लागि संघ, प्रदेश तथा अन्य संघ संस्था सँग पनि तालिम, पुँजी परिचालनमा परिचालन सहकार्य गरिनेछ ।
६४। योजनामा श्रम प्रधानता सम्बन्धमाः विषम अवस्थालार्इ मध्ये नजर गरी स्थानीय श्रोत, साधन, ज्ञान र श्रम उपयोग हुने गरी योजना सञ्चालनमा श्रम प्रधानतालार्इ जोड दिनेछ । प्रधानमन्त्री रोजगार कार्यक्रमलार्इ प्रभावकारी, उपयोगी र जनताको अधिकतम हित हुने प्रकृतिका योजना उपयोग गरिनेछ । साथै मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमलाइ सामाजिक क्षेत्र र वञ्जितीकरणमा परेका वर्गरक्षेत्रमा उपयोग गरिनेछ ।

६५। आन्तरिक आय हिस्सामा बढोतरीः कुल बार्षिक बजेटमा आन्तरिक आयको हिस्सा २०५ भन्दा बढी हुने गरी करका दिगो स्रोतहरू घरवहाल कर, तालहरूको ठेक्का व्यवस्थापन, माटो निकासीमा कर लगाइने छ ।
६६। कुमाल तथा वादी समुदायको सवलीकरणः स(सना समूह र वस्तीका रूपमा रहेका कुमाल र वादी समुदायका हितमा सघन कार्यक्रम सञ्चालन गरिनेछ ।
६७। औद्योगिक ग्रामः औद्योगिक ग्राम स्थापनका लागि अध्ययन गरिनेछ ।
६८। सहकारी संस्थाहरूको व्यवस्थापनःसहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापकहरूलार्इ तालिम ऋइएइःक्ष्क्प्रणाली सञ्चालनमा अभिप्रेरित गरिनुका अलावा साझेदारीता गरिनेछ ।

६९। ूटोल टोलमा कर तथा व्यवसाय दर्ता अभियानूस्यस पालिका भित्र दर्ता नगरी सञ्चालनमा रहेका, नवीकरण तथा अध्यावधिक नगरेका व्यवसायीहरूलार्इ दर्तारनवीकरणका लागि प्रोत्साहित गर्न सचेतना मुलक कार्यक्रम सञ्चालन गरिने छ । साथै व्यवसायिक उत्तरदायित्वको अभ्यासको शुरूवात गर्न व्यवसायिक संघरसंस्थाहरूको योगदान रहने तथा नगरपालिकाबाट समेत साझेदारीता रहने गरी साझेदारी कोष स्थापनाका सम्बन्धमा अध्ययन र परिचालनको विधि निर्माण गरिनेछ । यसरी संकलित रकम अनाथ बालबालिका, बालश्रम उन्मुलन, वृक्षारोपरण, हरियाली प्रवर्द्धन, वाटिका निर्माणमा प्रयोग गर्न सकिनेछ ।

 

वन, वातावरण, उर्जा तथा विपद् व्यवस्थापन क्षेत्रः
७०। सामुदायिक वनको आय उपयोगः कानूनको सिमाभित्र रही सामुदायिक वनको आम्दानी नगरपालिकाको कोषमा जम्मा गर्न सहजीकरण र उत्साहित गरिनेछ । त्यसरी जम्मा हुने रकमको २०५ वृक्षारोपण, संरक्षण, वनजन्य उत्पादनहरूको बजारीकरणमा उपयोग गरिनेछ ।
७१। वारूणयन्त्र सञ्चालनरव्यवस्थापन सम्बन्धमाः कपिलवस्तुरशिवराज नगरपालिका दुवैसँग आवश्यकता अनुरूप साझेदारीतामा सञ्चालन गर्न विधि यकिन गरी सम्झौता गरिनेछ सो प्रयोजनका लागि प्रकोप व्यवस्थापन कोषबाट खर्च गर्ने व्यवस्था मिलाइने छ ।
७२। आकस्मिक कोषः पशुपन्छी तथा खेतीमा हुने महामारी रोकथामका लागि आकस्मिक कोषको व्यवस्था गरी सोका लागि बजेट व्यवस्था गरिनेछ । पशुजन्य उत्पादनहरूको बजारीकरणमा ठोस कार्यक्रम शुरूवात गरिनेछ ।

७३। बजार क्षेत्रको सौर्न्दयीकरणःबजार क्षेत्रको सौर्न्दयीकरणका लागि पूर्व ( पश्चिम राजमार्ग लगायत मुख्य सडकहरूको आसपासमा वृक्षारोपणका लागि बजेट व्यवस्था गरिनेछ । साथै ढल निकास प्रबन्धका लागि साझेदारीता गरिनेछ ।
७४। पोखरी, तालरतलाउहरूको संरक्षण र सौर्न्दयीकरण मार्फत आन्तरिक पर्यटन प्रवर्द्धनः सार्वजनिक पोखरी, तलाउहरूको संरक्षण र सौर्न्दयीकरण मार्फत आन्तरिक पर्यटन प्रर्वद्धन गर्न नीतिगत तथा कार्यक्रमिक व्यवस्था गरिनेछ । तालहरूको सौन्दर्यीकरण गर्दै आय बढाउन पनि कार्यदलको सिफारिस अनुरूप ठेक्का व्यवस्थापन मिलाइनेछ ।

७५। ल्न्इरक्ष्ल्न्इ को सहयोग सहकार्य सम्बन्धमाःल्न्इरक्ष्ल्न्इ को सहयोग र साझेदारीतामा निर्माणमा सामाजिक क्षेत्रका कार्यक्रमहरू सञ्चालन गरिनेछ । गैसस सँग लागत साझेदारीतामा सामाजिक, आर्थिक, पूर्वाधारजन्य कार्यमा सहकार्यको प्रयास गरिनेछ ।
७६। आकस्मिक सहायताः नगरबासीलाइ ९आगलागी, बाढी, डुवान० को अवस्थामा राहतका लागि कार्यविधि निमार्ण गरी सहयोग गर्न बजेट व्यवस्था गरिएको छ । कोभिडका कारणले मृत्यु भएमा र अति न्यून आर्थिक अवस्था भएको सिफारिस भर्इ आएमा २० हजार सहयोगको निरन्तरता रहनेछ ।
७७। स्रोतको महतम् उपयोग सम्बन्धमाः प्राकृतिक स्रोतहरूको उचित संरक्षण सहित परिचालनका लागि राजश्व नीति अनुकुलित बनाउने प्रयोजनका लागि दीर्घकालिन राजश्व नीति निर्माण गरिनेछ । नदीजन्य स्रोतको महतम् उपयोगलाइ जोड दिइनेछ । नदीजन्य वस्तु निकासी हुने स्थानका क्षेत्रहरूमा सिचार्इ खानेपानी, सडक मर्मत, धर्मिक स्थलहरूको मर्मत तटबन्ध, वृक्षारोपण गर्न नदी रखोलाको ५००र५०० मिटर ९वल्लोरपल्लो किनाराबाट० क्षेत्रमा खर्च गर्ने गरी १०५ बजेट आ।ब। २०७८।०७९ को बजेट सिलिङ तथा मार्ग दर्शनमा नै समाहित गरी बजेट सिलिङ वडाहरूलाइ पठाउने कार्य शुरूवात भर्इ सकेको छ ।

७८। विपद् प्रतिकार्य कर्नरःआगलागी, बाढी, पहिरो, डुवानको अवस्थामा उद्धार कार्य सञ्चालन गर्न न्यूनतम आवश्यक सामाग्री ९जस्तैः भरयाङ्ग, सावेल, डोरी, हेक्सा, गैटी, बाल्टिन, लाइफ ज्याकेट लगायत० का सामाग्रीहरू वडा कार्यालय र प्रहरी कार्यालयमा स्थापना गरिएको तथा विपद् प्रतिकार्य सामाग्री सहितको वडास्तरीय विपद् प्रतिकार्य कर्नरलार्इ व्यवस्थित बनार्इने छ । गोरूसिगेंमा रहेको सर्पदंश उपचार केन्द्रलाइ सरोकारवाला नगरपालिका सँगको सहकार्यमा थप व्यवस्थित प्रभावकारी बनाइनेछ ।

७९। वृक्षारोपणद्बारा हरियाली प्रवर्धन कार्यक्रमः डिभिजन वन कार्यालय, सब डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ताहरूसँग सहकार्य गरी खाली तथा प्रर्तिजग्गाहरूमा संरक्षण सहितको वृक्षारोपण तथा जडीबुटी रोपणद्बारा हरियाली प्रवर्द्धन तथा आय आर्जनमा सहयोग पुग्ने गरी कार्यक्रमद्बारा सम्बोधन गरिनेछ ।
८०। इमिलिया, गोरूसिगें, पत्थरकोट लगायतका बजारक्षेत्रको फोहोर व्यवस्थापनःरूपमा निस्कने फोहोर न्यूनीकरणका लागि कम्पोष्टविन, कौशी खेतीलार्इ प्रवर्द्धन गरिनेछ । फोहोरको वर्गीकरण गरी कुहिने, नकुहिने र सिसाजन्य फोहोर फरक फरक दिनमा उठाउने प्रबन्ध मिलाइनेछ ।
८१। सुधारिएको चुल्हो, सोलारवत्ती, बायोग्यास प्रवर्द्धनः गरिब तथा सुकुम्बासी, कुमालरवादीमा सुधारिएको चुल्हो वितरण, सोलार वत्ती, वायोग्यास प्रवर्द्धन तथा गोबर ग्यास निर्माणमा सहयोगरसमन्वय र अनुदानका कार्यक्रमहरू सञ्चालन गरिनेछ । साथै उपयुक्त स्थान तथा चोक, धार्मिक स्थल, विद्यालय, कार्यालयहरूमा सोलार बत्ती जडान गरिनेछ ।

८२। तटबन्ध तथा क्षयीकरण रोक्नेः खोलारखोल्सा तथा उत्पादनशील जमिनहरूको क्षयीकरण रोक्न वृक्षारोपणका अलावा तटबन्ध निर्माणका सहयोग, समन्वय, सहकार्य गरिनेछ ।

सार्वजनिक सेवा तथा क्षमता विकास क्षेत्रः
८३। स्वास्थ्य इकार्इ तथा सामुदायिक भवनहरूमा उज्यालो कार्यक्रमः स्वास्थ्य इकार्इ तथा सामुदायिक भवनहरूमा सेवाको निर्वाध सञ्चालनका लागि सौर्य उर्जा लगायतको बैकल्पिक उपायहरूको अवलम्बन गरिनेछ । त्यस्ता संस्थाहरूको मर्मत, वाखेरा, मेडिकल उपकरण व्यवस्थापन गर्ने प्रबन्ध मिलाइनेछ ।
८४। वस्तुनिष्ठ नागरिक वडापत्रः नगर तथा वडाको वस्तुनिष्ठ नागरिक वडापत्र तयार भएको सबै वडाहरूमा वस्तुनिष्ठ नागरिक वडापत्र राखिने छ । सबै औपचारिकरअनौपचारिक कार्यक्रमहरूमा पालिकाद्बारा प्रकाशित डायरीरक्ष्लायचmबतष्खभ कपी प्रयोग गरिनेछ । साथै हरेक नयाँ वर्षमा नगर प्रमुखबाट हस्ताक्षर भएको शुभकामना पत्र साथै नगरका गतिविधि, कार्यक्रम सहितको क्यालेण्डर छपार्इ गरी घरघरमा पुर्यातईने छ ।

८५। घरपरिवारको वस्तुनिष्ठ जानकारी तथा नापी नक्सा श्रोत पहिचान सहितको विद्युतीय विवरण  निर्माण गरिनेछ ।

८६। नगरर वडा कार्यालयको सहज सेवा प्रवाहः नगरपालिका कार्यालयमा टेलिफोन,  तथा बाँकी वडाहरूमा राम्रो खालको नेट व्यवस्थापन गर्ने प्रबन्ध मिलाइनेछ ।
८७। तालिम तथा क्षमता विकासः जनप्रतिनिधिर कर्मचारीहरूका लागि क्षमता विकास सम्बन्धि तालिम सञ्चालन गरिनेछ ।
क० उपयुक्त नगरपालिका ९स्वदेशीरविदेशी० सँग भगिनी सम्बन्ध स्थापना गरिनेछ ।
ख० प्रविधिगतर कानूनी रव्यवहारगत ज्ञान निर्माण गर्ने जनप्रतिनिधिको लागि उपयोगी तालिम सञ्चालन गर्ने गराइनेछ ।
ग० जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि आवश्यकता अनुसार डार्इभिङ तालिम सञ्चालन गरिनेछ ।
घ० मेलमिलाप केन्द्रलार्इ व्यवस्थित गरिनेछ ।
८८। सूचनाको हक र कार्यालय सौर्न्दयीकरणः

क० विशिष्ट खालको सूचनाको हक सम्बन्धी तालिम ९जनप्रतिनिधी र कर्मचारीलार्इ० सञ्चालन गरिनेछ ।
ख० वडा कार्यालयहरूको पनि सूचना अधिकारी तोक्ने व्यवस्था मिलाइनेछ ।
ग० वडा कार्यालयहरूको स्थानीय ज्ञान, सीप, स्रोत तथा स्थानीयता झल्किने गरी सौन्दर्यीकरणका कार्यक्रम सञ्चालन गर्न वडालाइ प्रोत्साहन गर्ने गरी सेड, सौन्दर्यीकरण, सेवा सरलीकरण, कर अभिवृद्धिको सचेतनामा खर्च गर्ने गरी वडाबाट उठेको राजश्वको ४ वडाहरूमा १०५ वडामा नै प्रोत्साहन स्वरूप पठाउने व्यवस्था मिलाइनेछ ।
८९। नगर प्रहरी व्यवस्थापन र परिचालनः राजश्व संकलनमा वृद्धि, अव्यवस्थित घर टहरा निर्माण साथैपसल, कवल सञ्चालन पार्किङ्ग व्यवस्थापन, फोहारमैला व्यस्थापन, नगरवासीलाइ अनुशासित र विधि अनुकुलित बनाउन यसै वर्षदेखि नगर प्रहरीको व्यवस्था र परिचालन गराइनेछ ।

९०। वडा कार्यालयको ीबथयगत सेवा प्रवाह र सौर्न्दयीकरण र प्रविधिमैत्री बनाउने सम्बन्धीः सेवा प्रवाह गर्ने ग्लष्त भएकाले वडा कार्यालयलार्इ प्रविधिमैत्री, उपयोगी र सम्भव भए सम्म सौर्न्दयीकरण गरिनेछ ।
९१। लागत साझेदारीमा भ्रमण र अनुभव आदान प्रदानः जनप्रतिनिधिर कर्मचारीका लागि अनुभव आदान प्रदान भ्रमणरअवलोकन गर्दा स्थानीय तहसँगको अन्तर संवादर ज्ञान, क्षमतामा बढोतरीका लागि ७०स्३० मा भ्रमणरअनुभव आदानप्रदानको कार्यक्रम सञ्चालन गरिनेछ ।

९२। सामाजिक सुरक्षा भत्ता वितरणः सामाजिक सुरक्षा भत्ता सहज र छिटो रूपमा प्राप्त गर्ने वातावरण निर्माणका लागि एउटा बैंकलार्इ बढीमा २ वटा वडा सम्मको भत्ता वितरण गर्ने र पायक पर्ने बैंकहरू मार्फत वितरण गर्ने प्रबन्धका लागि बाणिज्य तथा विकास बैंक सँग समझदारीभै सकेकोमा बाल पोषण भत्ता, सुरक्षित आवास लगायतका कार्यहरू समेत सोही बैंकहरूमा खाता खोल्न सबैलार्इ प्रोत्साहन गरिनेछ ।
९३। सार्वजनिक सुनुवार्इ, सामाजिक परीक्षण तथा सार्वजनिक लेखा परीक्षणः पालिकास्तरमा कम्तीमा ४ वटा सार्वजनिक सुनुवार्इ र वडा तहमा समेत सुनुवार्इ, सार्वजनिक परिक्षण तथा सार्वजनिक लेखा परीक्षण कार्यलाइ निरन्तरता दिइनेछ ।
९४। सिफारिस एकरुपता सम्बन्धी अभिमुखीकरणस्नगर तथा वडा कार्यालयबाट प्रवाह गरिने विभिन्न खालका सिफारिसहरुमा एकरुपता ल्याउन विषयगत विशेषज्ञबाट अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
९५। ूसार्वजनिक परीक्षणलाइ संस्थागत गर्नेःूआमरूपमा प्रचलित व्यानर सहित ुहामी भ्रष्टाचार हुन दिन्नौुं भनि लेखिएको व्यानर सहित सार्वजनिक परीक्षणको प्रचलनलाइ वडा, नगर तहमा संस्थागत गर्ने प्रवन्ध मिलाइनेछ ।
९६। विगतका बर्षको सफल नीतिगत प्रबन्धको निरन्तरता सम्बन्धमाः यस नगरपालिकामा विगत वर्षहरूमा सफल र मानक रूपमा स्थापित भर्इ कार्यान्वयनमा भएका सबै खालका नीतिगत प्रबन्धहरूलाइ यथासम्भव कायम गरी निरन्तरता दिइनेछ । थुप्रै कार्यविधि, निर्देशिका, मापदण्ड र कानूनहरू निर्माण भर्इ कार्यान्वयन भर्इ रहेकोमा ती कानूनहरूको पनि समय सपेक्षा पुनरावलोकन गर्ने थप कानूनरमापदण्डहरू निर्माणलार्इ पनि निरन्तरता दिइनेछ ।

९७।राम्रा काम रसफल अभ्यासहरूको ख्ष्कगबष्शिबतष्यलूस् सफल र अनुकरणीय कामहरूको ख्ष्कगबष्शिबतष्यल गर्ने, प्रचार प्रशासर गर्ने, बुद्धभूमि मुखपत्र ९अर्धवार्षिक० प्रकाशन गरिनेछ ।
९८। सुशासनका लागि आन्तरिक नियन्त्रण प्रणालीको स्थापनाूस्आन्तरिक नियन्त्रण प्रणाली कार्यालय९वडा समेत० को खर्चरव्यवस्थापन सेवाको चुस्ततारप्रभावकारिता र सेवाग्राही मैत्री सेवा प्रवाहका लागि आन्तरिक नियन्त्रण प्रणाली स्थापना र कार्यान्वयन गरिनेछ ।
९९। अबको गन्तव्य दिगो विकासका लक्ष्यहरूको स्थानियकरणूस् दिगो विकासका लक्ष्यहरूको स्थानियकरण कार्यदल निर्माण गरी आवश्यकता अनुसार विज्ञको सल्लाहरसहयोग लिर्इ दिगो विकासका लक्ष्यहरूको स्थानीयकरण यस आ।व।मा गरिने र कार्यान्वयनमा लगिने छ ।
१००। बजेट कार्यान्वयन समिक्षाः आ।व। २०७७।७८ को बजेट कार्यान्वयनको समिक्षा २०७८ भाद्र महिना भित्र राजनीतिक दल, नागरिक समाज र मिडियाको रोहवारमा गरिनेछ ।
१०१। पूँजीगत खर्चमा बढोत्तरीः पूँजीगत खर्च बढोत्तरी गर्न संस्थागत प्रबन्ध मिलाउने, कर्मचारीको क्षमता अभिवृद्धि गर्ने तथा जनप्रतिनिधिबाट सोही अनुरूपको वातावरण निर्माण गरी पूँजीगत बजेटको ८०५ भन्दा बढी खृच हुने वातावरण निर्माण गरिनेछ ।
१०२। सेवा सन्तुष्टिको मापनःनगर तथा वडाबाट प्रवाह हुने सेवाबाट नागरिकमा सन्तुष्टिको स्तर कस्तो छ भनी स्वतन्त्र मापन गर्ने प्रबन्ध र बजेट व्यवस्था गरिनेछ ।

१०३। सशक्तीकरणका लागि उपभोक्ता समितिको नेतृत्वमा महिलारदलितरअपाङ्गताः महिलारदलितरअपाङ्गता भएका व्यक्ति संयोजकरअध्यक्ष भएका समिति गठन गर्न अभिप्रेरित गर्ने उद्देश्यका साथ त्यस्ता समितिको संयोजकरअध्यक्ष तोकिएका वर्गको भए जनसहभागिताको अंश ८५ भए पनि हुने छ । यसरी त्यस्ता समितिहरूमा तोकिएको वर्गको हिस्सा ३०५ सम्म पुर्यापउने लक्ष्य लिइएको छ ।
१०६। सेवा प्रवाहको मापदण्ड निर्माणः कार्यालयबाट प्रवाह हुने सेवा सम्बन्धी मापदण्ड तयार गरी कार्यान्वयन गरिनेछ ।
१०७। घरदैलो सेवाका लागि घुम्ती शिविर कार्यक्रमः सेवा प्रवाहलाइ सहज र घरदैलोमा पुर्यौउने प्रयोजनका लागि पिछडिएको वस्तीरक्षेत्ररवडा वा अनुकुलता हेरी सबै वडामा हुने गरी एकीकृत घुम्ती सेवा ९खोप, भिटामिन ए वितरण, स्वास्थ्य शिविर, कृषिरपशु सम्बन्धी, घटना दर्ता, कर सचेतना, व्यवसाय दर्तारनवीकरण० सहित वा उपयुक्त कुनै दुर्इ वा सो भन्दा बढी कार्यहरू सहितको घुम्ती शिविर सञ्चालन गरिनेछ सो प्रयोजनका लागि बजेट व्यवस्था गरिनेछ ।

१०८। कार्यसम्पादन सूचक तथा स्व।मूल्यांकन प्रणाली सम्बनधमाःराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वित्तीय समानिकरण अनुदान सिफारिस दिदा स्थानीय सरकारको कार्यसम्पादन मुल्याकंनका १७ वटा सुचकहरूले औल्याएका शिक्षा, स्वास्थ्य, समयावधि भित्र गर्नुपर्ने सभा, समिक्षा लगायतका कार्यहरू गरी कार्य समपादनमा आधारित अनुदान बढाउन हर प्रयत्न गरिनेछ । तथा स्थानीय सरकारको स्व।मूल्यांकन प्रणालीका लागि निदिष्ट सूचकहरूमा कार्य गरी उच्चतम् अंक प्राप्त गर्न सबै शाखारउपशाखारर्इकार्इरकार्यपालिकालार्इ अभिप्रेरित गरिनेछ ।
१०९। न्यायिक समिति, न्यायिक कार्य तथा मेलमिलाप कर्ता र केन्द्रः न्यायिक समितिको प्रभावकारितारव्यवस्थित गर्नका लागि व्यवस्थापकीय प्रबन्ध, भ्हउयकगचभ खष्कष्त तथा मेलमिलापकर्ताका लागि चभाचभकज तालिम र मेलमिलाप केन्द्रहरूको संस्थागत आकार प्रदान गरिने छ र पालिका स्तरको न्यायिक सम्पादन कार्यलार्इ कुशलता पुर्वक रूपमा रूपमा सम्पादन गर्ने प्रणालीको स्थापना गरिनेछ ।
११०। विकास पत्रकारिता तथा समाचारमा नगरपालिकाको प्रधानताका लागि पत्रकार सम्मानः
विकासात्मक गतिविधि, समाचार सम्प्रेषण लगायतका क्षेत्रमा वृद्धभूमिको नाम उच्चो बनाउने, चिनाउने प्रयोजनका लागि वर्षभरी मिडियाबाट आएका वा अनलार्इन मिडियाररेडियोबाट आएका समाचारहरूलाइ आधार मानेर पुरस्कृत गर्ने प्रयोजनका लागि बुद्धभूमि विकास पत्रकारिता पुरस्कार २० हजार राशी तथा वुद्धभूमि गतिविधिलार्इ बढी भन्दा बढी सम्प्रेषण गरेको १ समेत २ वटा क्षेत्र तथा आधारमा २ जना पत्रकारलार्इ सम्मान गर्न नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र पत्रकार महासंघ जिल्ला कार्यसमितिले तोकेको एक जना पदाधिकारी सहित ३ सदस्यीय समितिले छनौट गरी पुरस्कृत गर्ने व्यवस्था मिलाइने छ ।

१११। ूबर्ष कर्मचारीू को सम्मानःकार्यालयको साख उच्च राख्न निष्ठापूर्वक काम गर्ने प्राविधिकहरू मध्येबाट १ जना, वडा सचिवहरू मध्येबाट १ जना, कार्यालय सहयोगीहरू मध्येबाट १ जना, अधिकृतस्तर मध्येबाट १ जना, ल्यल(यााष्अभच मध्येबाट १ जना गरी ५ जनालार्इ १५र१५ हजार राशीको पुरस्कारबाट वर्ष कर्मचारीू को रूपमा सम्मान गरिनेछ । छनौटका लागि नगर प्रमुखको संयोजकत्वमा, प्रमुख प्रशासकीय अधिकृत, प्रशासन शाखा प्रमुख रहने गरी ३ सदस्यीय समिति रहनेछ । साथै बुद्धभूमि नगरपालिकामा कार्यरत कर्मचारीहरूको छाता संस्थाको रूपमा गठित कर्मचारी मिलन केन्द्रलाइ रचनात्मक कार्यमा प्रयोग गर्ने गरी बार्षिक बजेटबाट सम्बोधन गर्ने पारिपाटी मिलाइने छ ।

 

प्रस्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट आर्थिक, सामाजिक, भौतिक क्षेत्रमा थप गतिशील हुनेछ, ुखुसी नगरवासी, समृद्ध बुद्धभूमिु को आकाङक्षा पुरा गर्न योगदान पुग्नेछ ।

यी नीति तथा कार्यक्रमको कार्यान्वयनमा नगर कार्यपालिकालाइ सबैबाट सक्रिय सहयोग हुने विश्वास व्यक्त गर्दछु ।
अन्त्यमा नगरको समग्र विकासमा योगदान गर्ने राजनीतिक दल, राष्ट्रसेवक, निजी, सहकारी र सामुदायिक क्षेत्र, श्रमिक वर्ग, नागरिक समाज, आम सञ्चार जगत लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभार्इहरूलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछु । नगरको विकासमा सहयोग पुर्याथउने नेपाल सरकार, प्रदेश सरकार, विकास साझेदारी संघसंस्थाहरू प्रति आभार व्यक्त गर्दछु ।
धन्यवाद

निति तथा कार्यक्रममा उप प्रमुख मिरा थारुको सम्बोधन

बुद्धभूमि नगरपालिकाको नवौ नगरसभाका अध्यक्ष एवं नगरप्रमुख
श्री केशव कुमार श्रेष्ठ ज्यू,
प्रमुख प्रशासकीय अधिकृत ज्यु ,
नगरसभाका सम्पूर्ण सदस्यज्यूहरु,
पत्रकार महासघकपिलवस्तु शाखाका सभापतिज्यू,
उपस्थित कर्मचारी मित्रहरु सबैमा हार्दिक अभिवादन ।
९१० बुद्धभूमिनगरपालिकाको उपप्रमुखको हैसियतले यस गरिमामय नवौंनगरसभासमक्ष आगामी आर्थिक वर्ष २०७८।०७९ को लागि अनुमान गरिएको कुल आय(व्ययको बजेट समेटिएको विनियोजन विधेयक २०७८ र नगरपालिकाको आन्तरिक राजश्वकासम्बन्धमा कर, शुल्क र दस्तुरको निर्धारण समेटिएको आर्थिक विधेयक २०७८ पेश गर्न पाउंदामलाई असाध्यै खुसी र गर्व महसुस भएकोछ ।
९२० आजको यस महत्वपूर्ण घडीमा लोकतान्त्रिक गणतन्त्र प्राप्ति र समृद्धिका लागिआफ्नो जीवनको आहुती गर्नुहुने ज्ञात अज्ञात शहिदहरू प्रति म हार्दिक श्रद्धा सुमनअर्पणगर्दै विभिन्न राजनैतिक, सामाजिक आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग र वेपत्तापारिएका नागरिकहरू प्रति म उच्च सम्मान प्रकट गर्न चाहान्छु ।

९३० विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना रोगका कारण विश्वले एकैपटकमानवीय र आर्थिक संकटकोसामना गर्नु परिरहेको छ । यस्तो विषम परिस्थितिमा पनिआफ्नो धैर्यता र अनुशासनलाई पालना गरी आफ्नो कर्तव्य र जिम्मेवारीलाई उच्चख्याल गर्दै अहोरात्र खटिरहने सम्पूर्ण जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, कर्मचारीहरु लगायतलकडाउनको पूर्ण पालना गरी घरमै सुरक्षितसाथ बसिदिनु हुने आम जनसमुदायलाई म हृदय देखि धन्यवाद व्यक्त गर्न चाहन्छु ।
अध्यक्ष महोदय,
९५० बुद्धभूमि नगरपालिकाले आगामी आर्थिक बर्षका लागि रु।१ अर्व १८ करोड २० लाख ११ हजार रुपैयाँ बराबरको कुल आय अनुमान गरीसोही बराबर खर्च गर्ने गरी आय तथा व्ययको बजेट अनुमान गरिएको छ । आ।व। २०७८र०७९ निसर्त तर्फको कार्यक्रमहरूकोसमितिगत व्यय अनुमान विनियोजन विधेयकको अनुसूचि(५ मा उल्लेख गरिएकोछ । जसलाई म यस सम्मानित सभा समक्ष छलफलका लागि पेश गर्दछु ।

समितीगत रुपमा आगामी आ।व।को निशर्त तर्फको क्षेत्रगत बजेट अनुमान निम्नानुसार रहेको व्यहोरा नगरसभा सदस्यज्युहरु समक्ष प्रस्तुत गर्न चाहन्छु । नगरसभा सदस्यज्यूहरूको राय, सुझाव तथा विषयगत समितिहरूमा छलफल पश्चात दोस्रो सत्रमा यथार्थ आकार क्षेत्रगत विनियोजन निर्क्यौल हुने व्यहोरा सदस्यज्यूहरू अनुरोध गर्दछु ।

भौतिक पूर्वाधार विकास समिति तर्फ ३३ करोड ९० लाख ९कुल बजेटको ५९।३ प्रतिशत० रहेको छ ।
आर्थिक विकास समिति तर्फ रु ४ करोड ५५ लाख ५० हजार ९कुल बजेटको ८।० प्रतिशत० रहेको छ ।
सामाजिक विकास समिति समिति तर्फ रु ५ करोड ४७ लाख ९कुल बजेटको ९।६ प्रतिशत० रहेको छ ।
बन बतावरण तथा विपद् ब्यवस्थापन समिति तर्फ रु ३ करोड २४ लाख ५० हजार ९कुल बजेटको ५।७ प्रतिशत० रहेको छ ।
संस्थागत विकास तथा मानव ससाधन क्षमता विकाससमिति तर्फ रु २० लाख ९कुल बजेटको ०।३ प्रतिशत० रहेको छ तथा कर्मचारी,जनप्रतिनिधी पारिश्रमिक र कार्यालय संचालन तथा अन्य कार्यक्रम खर्चका लागि रु ९ करोड ७७ लाख ६७ हजार ९कुल बजेटको १७।१ प्रतिशत० सहित १७।४५रहेको छ ।

देश नै बन्दाबन्दीको चपेटामा परेको अहिलेको अवस्थामा अर्थतन्त्र कमजोर बनेको रआगामी दिनहरुमा अझै चुनौतीहरु थपिदै जाने अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामानगरपालिकाले संकलन गर्ने राजश्वका दरहरुलाई अति सामान्य हेरफेर गरी अधिकाश दरहरुलाई नबढाई तथा मालपोत तथा सम्पत्तिकरमा आ।व। २०७८।०७९ पहिलो ३ महिनामा बुझाएमा जरिवाना नलाग्ने गरी मूलभूत कर, दस्तुरहरूयथावत नै राखि आगामिआर्थिक बर्ष २०७८।७९ का लागि कर, शुल्क र दस्तुरका दरहरु निर्धारण गरिएको छ,जसको विस्तृत विवरण आर्थिक विधेयकमा उल्लेख गरिएको छ । जसलाई म यसगरिमामय सभामा छलफल र स्वीकृतिका लागि पेश गर्दछु ।

९७० विगत तथा चालु आर्थिक बर्षहरुको प्राप्त अनुभव र सिकाईलाई आधार मानी आगामी आर्थिकबर्षका लागि हामिले त्यसलाई मार्गनिर्देशको रुपमा लिई राजस्वका दररेटहरुलाई जनमैत्री बनाउने प्रयास गरेका छौ । राजश्वर विकास दुवै एकै सिक्काका दुई पाटा भएकाले राजश्व विना विकास सम्भव हुँदैन तसर्थ करदाता र नगरपालिका बीचको सम्बन्धलाई सुमधुर बनाई करदातालेतिर्न सक्ने क्षमताको आधारमा प्रगतिशिल करको दरका माध्यमबाट राजश्व संकलन गर्ने नीति लिएका छौ । नगरको विकासको मेरूदण्ड भनेकै राजश्व भएको हुँदा ‘जनताको कर नगर विकासको भर’भन्ने कुरालाई आत्मासात गर्दै करदाता र नगरपलिकाको एकआपसको परिपुरकको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजानुपर्ने कुरामा हामीले जोड दिएका छौ । हामिलेआन्तरिक आयश्रोतलाई बलियो बनाउन सकेमा मात्र स्थानीय सरकारको उपादेयता रहनेहुनाले यस तर्फ आगामि दिनहरुमा ठोस पहलहरु गर्नुपर्ने कुरा म यस सम्मानित सभामाराख्न चाहन्छु ।
अन्तमा,

नवौंनगरसभामा पेश गरिएको आय, व्यय समेटिएको विनियोजन विधेयक तथाराजश्वका दरहरु समेटिएको आर्थिक विधेयक तयार गर्न तथा यस बुद्धभूमिनगरपालिकाको खुशी नगरवासी समृद्ध बुद्धभूमिको नारा पुरा गर्नका लागि निरन्तर सदभाव र सहयोग गर्नुहुनेसम्पूर्ण नगरवासी महानुभावहरु, नगरप्रमुखज्यू लगायत सम्पूर्ण नगरसभाका सदस्यज्युहरु, आफ्नो जिम्मेवारीमा खटिरहने सम्पूर्ण राष्ट सेवक कर्मचारीहरु, करदाता महानुभावहरु,विकास साझेदारहरु, विभिन्न संघसंस्थाहरु प्रति म हार्दिक आभार प्रकट गर्दछु ।
धन्यवाद ।

 

 

 

सम्बन्धित् समाचार