गृहपृष्ठ खबर बाणगंगाद्धारा १ अर्व २८ करोड ३२ लाख बढीको बजेट सार्वजनिक

बाणगंगाद्धारा १ अर्व २८ करोड ३२ लाख बढीको बजेट सार्वजनिक

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी वर्षका लागि कुल १ अर्व २८ करोड ३२ लाख ४८ हजार ४ सय ८० रुपैयाको बजेट ल्याइएको छ । उपप्रमुख चक्रपाणी अर्यालले वजेट प्रस्तुतगर्दै गर्नु भएको प्रगती समीक्षामाचालु आवको जेठ मसान्त सम्मको वित्तिय प्रगती५८ प्रतिशतरहेको उल्लेख छ ।

आगामी वर्षका लागि प्रस्तुत १ अर्व २८ करोड मध्ये चालु खर्चकालागि ८७ करोड छुटटायएको छ भने पूजिगत र अन्यखर्चका लागि ४१ करोड विनियोजन गरिएको छ । वाणगंगाका ११ वटा वडाहरुकालागि १२ करोड बजेटको सिलङ छुटाइएको छ । यताआन्तरीक राजश्वआम्दानीतर्फ ४ करोड हुने उल्लेख गरिएको छ । नगरसभाले नगरमा छरिएको बजेट ल्याएको विश्लेशकहरुले बताएका छन् ।

नगरको वजेटले समेटन नसकेका केही विभिन्न क्षेत्रहरु समेत रहेका छन् । जस अन्र्तरगत वडा नं ६ सुठौलीको सिंगो गाउँलाई ४ वर्षदेखि नगरको बजेटले समेटन सकेको छैन् । करिव ५० घर परिवार भएको उक्त गाँउमा पटक पट्क विभिन्न योजनाहरु माग गर्दा समेत उपेक्षा गरेको टोल विकास संस्थाका सदस्य कृष्ण पौडेलले बताए ।

सो गाउँमा केन्द्र सरकाका तर्फबाट सड्कका योजनाहरु संम्पन्न भएको भएता पनि नगरले कुनैपनी बजेट विनियोजन नगर्नु दुखद भएको स्थानिय हेमराज खनालले दुखेसो व्यक्त गरे । नगरले यसवर्ष खाँसै उपलब्धी मुलक बजेट ल्याउन नसकेको कतिपयले गुनासो गरेका छन् । बैदौली पुल जिर्ण भई आवतजावत समेत अवरुद्ध भईरहेदा समेत नगरको वेवास्ता भएको बताईएको छ ।

सम्बन्धित् समाचार