काठमाडौं : सिंहदरबार घेराउ गर्न आएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरूलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षणमा रहेका इन्जिनियरहरू सिंहदरबार घेराउ गर्न हनुमानस्थान र माइतीघरबाट अगाडि सहरी विकास तथा भवन निर्माण विभाग अगाडिबाट पक्राउ गरिएको हो ।
सरकारले प्रत्येक वर्ष दिने भनिएको अतिरिक्त सुविधाहरूबाट पूर्ण वञ्चित गराइएको भन्दै इन्जिनियरहरू आन्दोलित हुँदै आएका छन् ।
आन्दोलनमा उत्रिएका इन्जिनियरहरूले पुनर्निर्माण सफल पारौँ, कर्मचारी व्यवस्थापनको सुनिचित गर, धरहरा बनाउने हामी नै हौँ, भूकम्प फेरि आउँदै छ, विदेश जान बाध्य नपारलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।








