काठमाडौं : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका आन्दोलनरत इन्जिनियरहरु काममा फर्कने भएका छन् । विभिन्न माग राखी आन्दोलनरत प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई९भवन० अन्तर्गतका प्राविधिकहरु काममा फर्किने भएका हुन् ।
आइतबार प्राधिकरण र प्राविधिकहरु बीच प्राविधिकहरुको माग पुरागर्ने सम्बन्धमा ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएसँगै प्राविधिकहरु काममा फर्किने भएका हुन् ।
प्राधिकरण र प्राविधिकबीच सबै आन्दोलन आजकै मितिबाट टुंग्याएर नियमित कामकाजमा फर्किने, प्राविधिकहरुले बुझाएको राजीनामा अस्वीकृत गर्ने, असार महिनाको पाउनुपर्ने सेवा, सुविधाहरु उपलब्ध गराउने सहमती भएको छ ।
प्राविधिकहरुले पाउनुपर्ने सञ्चार खर्च, यातायात खर्च र स्थानीय भत्ता चालू आर्थिक वर्ष ०७७र०७८ को श्रावण महिनाबाटै नियमानुसार उपलब्ध गराइने भएको छ ।
त्यस्तै, जिल्ला आयोजना कार्यान्वयन इकाई ओखलढुंगा अन्तर्गत रही कार्यरत इन्जिनीयर राजा साहको कामकै दौरान मृत्यू भएकोमा साहको परिवारजनलाई बीमाको रकम उपलब्ध गराउन केन्द्रीय आयोजना कार्यान्वयन इकाईले पहल गर्नेलगायतका सहमती पत्रमा उल्लेख गरिएको छ ।
सहमति भएसँगै प्राविधिकहरु काममा परिचालित हुने र रोकिएको निजी आवासको सिफारिस गरेर तत्काल किस्ता पाउनेगरी काम गर्ने तथा आगामी कार्तिक मसान्तभित्र तेस्रो किस्ताको रकमको लागि निवेदन हाल्नसक्ने लक्ष्यको साथ काम गरिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनुभयो ।
आन्दोलनरत प्राविधिकहरुले आफ्नो माग पुरा भएको बताएका छन् । आन्दोलनरत केन्द्रीय आयोजना कार्यान्वयन इकाई९भवन० अन्तर्गतका प्राविधिकहरुको तर्फबाट अध्यक्ष अविनाश अमरले आफुहरुको माग पुरा भएको र आजैको मितिदेखि काममा खटिने बताउनुभयो ।
पुनर्निर्माण प्राधिकरण अन्र्तगतका प्राविधिकहरु निकै लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । प्राविधिकहरुको राजीनामा अस्वीकृत भएको छ भने काममा खटिने भएका छन् ।








