वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगाका युवा समाजसेवि कुलराज शर्मा (कृष्ण अर्याल ) को अन्त्येष्टि गरिइएको छ । युवा समाजसेकिा रुपमा परिचित रहेका शर्माको आज लक्ष्मणघाटमा अन्त्येष्टि गरिइएको हो ।
उनको र्पािर्थब शरिरमाथि राष्ट्रीय सभा सदस्य तथा नेकपा एमाले कपिलवस्तु जिल्ला इन्र्चाज बिमला घिमिरेले पार्टीको झण्डा र राष्ट्रीय युवा सघं नेपालका केन्द्रिय सदस्य गोपाल ज्ञवालीले सगंठनको झण्डा ओडाउनु भएको थियो ।
शर्मा बैशाख महिनामा कोरोना संक्रमणका कारण भरतपुरमा भेन्टीलेटरमा उपचार गराई निको भई घर फर्कनु भएको थियो । शर्माको १ श्रीमति, ३ छोरा मध्ये माइला छोराको मृत्यु भईसकेको थियो भने २ छोरी रहेका छन ।
बि.स. २०३६ साल पौषमा जन्मनु भएका शर्मा बिभिन्नि सघं सस्थामा आवद्ध भई जिम्मेवारी निर्वाह गर्नु भएको थियो । अन्त्येष्टिमा संबिधान सभा सदस्य बलराम अधिकारी, नेकपा एमाले जिल्ला अध्यक्ष झविलाल पोखरेल, बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्याल सहित पार्टीका बिभिन्न नेतृत्व तहका ब्यक्तीहरुको अन्त्येष्टिमा सहभागिता रहेको थियो ।








