दाङ : दाङको तुलसीपुर कट्कुईयाँमा जुवाको खालबाट एक लाख नगदसहित पाँच जना पक्राउ परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका ८ कट्कुईयाँका विष्णुप्रसाद शर्माको घरमा जुवा खेलिरहेका बेलुवाका केशव विक, समिर केसी, इश्वरी भुसाल, सुन्दर चौधरी र दुर्गाप्रसाद डाँगी पक्राउ परेको प्रहरीले जनाएको छ ।








