काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेकै सांसदहरूले हस्ताक्षर गर्नु गम्भीर अपराध भनेका छन्।
शुक्रबार प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओली एमाले वरिष्ठ नेता माधवकुमार नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भए।
‘कांग्रेसको नेतृत्वमा कम्युनिस्ट बलियो बनाउने, प्रचण्डको नेतृत्वमा लोकतन्त्र बलियो बनाउने ?’, ओलीले प्रश्न गरे। उनले नेता नेपाल पार्टी कब्जा गरेर इमान्दा। नेता कार्यकर्तालाई मसला पिसेझैं पिस्ने नियतमा रहेको बताए।
‘मेरा साना दुस्खले आर्ज्याको भनेको छैन। एमाले बनाउन धेरैको त्याग तपस्या छ। अनुशासनलाई स्वतन्त्रता ठान्ने, अराजक हुने होइन। या सानो कुरा होरुु, ओलीले भने, ‘पार्टीभित्र संघर्ष होइन, एकता गर्नुपर्छ। दुईजना भेट्यो कि दुई लाइनको संघर्षरु यस्तो पनि हुन्छ रु वैचारिक एकतामा जोड दिऊँ। तथ्यहरू अघि राखौं।’
उनले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गल्ती थियो भनेर स्वीकार गर्नुपर्ने बताए।








