वीर अस्पतालको सर्जिकल भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।
आइतबार बिहान महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सर्जिकल भवनको उद्घाटन गरेका हुन्।
उक्त भवन २०७४ साल फागुनमा प्रधानमन्त्री ओलीबाट शिलान्यास भएको थियो। समयभित्रै भवन निर्माण गरेकोमा शर्मा निर्माण कम्पनीलाई प्रधानमन्त्री ओलीले धन्यबाद दिएका छन्।
यस भवनमा कोरोना संक्रमितलाई राखेर उपचार यसअघिदेखि नै सुरू भइसकेको छ।
सर्जिकल भवनमा सेवा दिन सरकारले ८ सय ३१ जना चिकित्सकलगायतको दरबन्दी स्वीकृत गरेको थियो।








