गृहपृष्ठ खबर अन्यायपूर्ण तरिकाले एआईजीकाे सरुवा गरिएकाे भन्दै कार्यान्वयन नगर्न गृहको निर्देशन

अन्यायपूर्ण तरिकाले एआईजीकाे सरुवा गरिएकाे भन्दै कार्यान्वयन नगर्न गृहको निर्देशन

गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक दबाबमा समयावधि नपुग्दै एआईजीको अन्यायपूर्ण तरिकाले सरुवा गरेको भन्दै गृह मन्त्रालयले सरुवा कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।

ओली नेतृत्वको सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पाललाई ७ महिनामै हटाएको थियो । प्रहरी अधिकारीको सरुवा अवधि एक वर्ष हुने गर्छ ।

नेकपा एमालेलाई सहयोग नगरेको भन्दै ओली नेतृत्वको सरकारले उनको सरुवा प्रहरी प्रधान कार्यालयको कार्य तथा अपराध अनुसन्धान विभागलाई टुक्राएर कार्यविभागको जिम्मा दिएको थियो ।

पाल हाल कायम रहेका सबै एआईजीभन्दा सिनियर एआईजी हुन् । यसअघि कार्य तथा अपराध अनुसन्धान विभाग एउटै हुँदा उनी सोही विभागका प्रमुख थिए ।

सम्बन्धित् समाचार